December 5 - 2023, Tuesday१९ मंसिर २०८०, मंगलवार

भाटभटेनी सुपरमार्केले भुकम्प पिडितलाई पठायो ४२० क्वीन्टल चामल

राजेन्द्र कार्की । जाजरकोट
भाटभटेनी सुपरमार्केटले जाजरकोट जिल्लाका भूकम्पपीडितलाई २५ केजीका एक हजार ६ सय ८० बोरा अर्थात चार सय २० क्वीन्टल चामल राहतस्वरुप प्रदान गरेको छ । भाटभटेनीका क्षेत्रीय प्रबन्धक विनोद भट्टराईका अनुसार ४२ हजार किलो जिरा मसिनो चामल जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार मार्फत भूकम्प पीडितलाई हस्तान्तरण गरिएको हो ।
चामलका साथै विभिन्न खानेकुराहरु सहित ८ ट्रक सामग्री भाटभटेनी सुपरमार्केटले भुकम्प प्रभावितका लागि जाजरकोटमा पठाएको छ । यसअघि रुकुम पश्चिम जिल्लाका भूकम्प पीडितका लागि पनि चामल राहत स्वरूप पठाएको थियो । सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय १ रुपैयाँ सहयोग गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad