नौ बुदे जाजरकोट घोषणापत्र जारी गदै महासंघको साधारण सभा सम्पन्न

टुकमाया घर्ती । जाजरकोट
नौ बुदे जाजरकोट घोषणापत्र जारी गदै नेपाल पत्रकार महासंघ जाजरकोटको ७ औं जिल्ला अधिवेशन तथा १२ औं साधारण सभा सम्पन्न भएको छ । गत कार्तिक १७ गते गएको भुकम्पको पुर्ननिर्माण र पुर्नस्थापनाका काम यथासिघ्र अघि बढाउनु पर्ने, जिल्लाका विकास निर्माणका कामलाई गति दिनुपर्ने, सुशासनका लागि खवरदारी गर्ने, जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रर्बद्धनमा जोड दिने, पत्रकार महासंघको भवन रहेको जग्गाको स्वामित्व लिन दर्ता प्रक्रियालाई अगाडी बढाउने, सचिव भरतकुमार शर्माले प्रस्तुत गरेको साँगठनिक प्रतिवेदन र कोषाध्यक्ष युद्धजीत शर्माले बन्द सत्रमा पेश गरेका आर्थिक प्रतिवेदन संसोधन सहित पारित गर्ने निर्णय गरिएको छ ।

त्यस्तै भुकम्पको बेला समस्यामा परेका जाजरकोटका पत्रकारलाई सहयोग गर्ने नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, प्रदेश समिति, प्रेस काउन्सिल लगायतका सहयोगी निकायलाई धन्यवाद दिने, छोरा स्वर्गीय प्रवण सिंहको नाममा हरेक बर्ष प्रदान गरिने १० हजार राशीको प्रणब सिंह सुशासन पत्रकारीता पुरस्कार स्थापना गर्ने पत्रकार भीमबहादुर सिंह र आमा स्व.नर्बदादेवी खड्काको नाममा १० हजार राशीको नर्वदादेवी स्मृति विपद् पत्रकारीता पुरस्कार स्थापना गर्ने कमान खड्कालाई धन्यवाद दिने निर्णय गरिएको अध्यक्ष बालकुमार शर्माले बताए ।
साधारण सभाको अवसरमा स्व.लोकेन्द्र शाह विकास पत्रकारीता पुरस्कारबाट तीन जना पत्रकार सम्मानित गरिएको छ । पत्रकार राजु शाक्य, दीपेन्द्र शर्मा र सरोज वलीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै पत्रकारहरु राजेन्द्र कार्की, हरिहर सिंह राठौर, हेमन्त केसी, सहदेव बस्नेत, दीपबहादुर घर्ती, सुरेन्द्र सिंह, रेशमबहादुर खड्का कालीबहादुर नेपाली, नवराज शाही, भरत शर्मा, पवन शर्मा लगायतका पत्रकारलाई कदरपत्र द्धारा सम्मानित गरिएको छ ।

नेपाल पत्रकार महासंघ जाजरकोट १२ औ साधारण सभा तथा सातौ अधिबेशनमा कोष स्थापना भएका हुन । प्रणब सिहं पुरस्कार र नर्बदा देबि स्मृति पुरस्कार गरि २कोष स्थापना भएका हुन । प्रणव सिहं स्मृति पुरस्कार शुसासनका वारेमा कलम चलाउने पत्रकारलाई प्रत्येक बर्ष १० हजारका दरले पुरस्कार प्रदान गरिने उनका वुवा भिम बहादुर सिहंले जानकारी दिए ।नबर्दा देबि पुरस्कार जिल्लामा आउने विभिन्न बिपति प्राकृतिक प्रकोप ब्यबस्थापनमा अहोरात्र खटिने, जिल्लाको सम्रग क्षेत्रमा शुसासन कायम गराउन खबरदारी गर्ने, गुणस्तरिय पुर्बाधार निर्माणका पक्षमा आवाज बुलन्द गर्ने हरेक क्षेत्रमा नागरिकहरुलाई सुसृचित गराउने जिल्लाका क्रियाशिल मिडियाकर्मिलाई प्रत्येक बर्ष १० हजारका दरले रकम उपलब्ध गराउने उनका छोरा कमान खड्काले जानकारी दिए ।जिल्लामा प्रत्येक बर्ष उत्कृष्ट काम गर्ने १ जनालाई पत्रकारलाई ८ हजारका दरले लोकेन्द्र शाह पुस्कार सम्मान गरिएको छ ।

bhumi-sanrakshyan

पत्रकार महासंघका जिल्ला अध्यक्ष बालकुमार शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भीमबहादुर सिंह, विशेष अतिथि प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री वेदराज सिंह, जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी ऋषीराज आचार्य, महांसघ कर्णाली प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराई, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कार्की लगायतका बक्ताले जिल्लाको पत्रकारीताको विकासमा खेल्नुपर्ने र गुर्नपर्ने भुमिकाको बारेमा चर्चा गरेका थिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya