July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

दोस्रो किस्ता रकम नपाउँदा भुकम्प पिडितको विजोग

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
बारेकोट गाउँपालिका —०२ रोकायगाउँकी सुनिता विकको घर गत कार्तिक १७ गतेको शक्तिशाली भूकम्पले चिराचिरा पारिदियो । भूकम्पले घर बस्न नमिल्ने बनाएपछि तत्काल त्रिपालमा उनको परिवार सर्याे । हिउँदे कठ्यारिदो जाडोमा उनको परिवारले आधा हिउँद काटे । त्यसपछि गत माघ पहिलो साता लाभग्राही कायम गरी स्थानीय सरकारले अस्थायी आवास वापतको पहिलो किस्ता २५ हजार रुपैयाँ उनको खातामा हालिदियो । त्यही २५ हजारको साहारामा उनले जस्तापाता खरिद गरिन् । ‘मैले ३० वटा जस्तापाता खरिद गरेकी थिए, त्यसको मुल्य ३७ हजार बढी भयो, उनले भनिन्, ‘खरिद वापतको भाडा र जस्ताको मुल्य त्यति प¥र्याे, स्थानीय साहुलाई दोस्रो किस्ता आएपछि बाँकी दिउँला भने अहिले पैसा आउने सुरसार छैन् ।’ ‘साहुले अहिले पैसा दिनुहोस् भनेर हैरान पारेका छन्, चामल खाने पैसा छैन्, कहाँ बाट दिने ? उनले थपिन्, ‘दिनहुँ साहु आएर पैसा दिनुहोस्, चेक काट्नुहोस् भन्दै थर्काउँछन् ।’
सोही गाउँका दानबहादुर कामीको घर पनि भुकम्पले भत्कायो । लामो समय त्रिपालमा बसेको उनको परिवारलाई माघमा सरकारले पहिलो किस्ता हालिदियो । पहिलो किस्तामा बाँकी साहु सँग उधारो राखेर अस्थायी आवास निर्माण गरे । पुरै जस्ताले अस्थायी आवास बनाएका उनले ६० हजार बराबरको आवास निर्माण गरेका छन् । उनले भने, ‘हामी सँग एउटा पैसा पनि थिएन्, सरकारले पठाएको २५ हजारमा ३५ हजार ऋण काढेर आवास बनायौं, साहुलाई दोस्रो किस्ता आएपछि पैसा दिउँला भनेर चेक समेत काटिदिएको छु । तर खातामा पैसा आएको छैन् साहुले पैसा माग्दै फोन गरिरहेका छन् ।’
भेरी नगरपालिका–३, पिपलडाँडाका विजय जंग शाहले साहु ऋण गरेर अस्थायी टहरा बनाए । दोस्रो किस्ता रकमको आसमा बसेका उनी महिनौ वितिसक्दा पनि नपाउँदा निरास छन् । सरकारले सुरुमा २५ हजार रुपैया दियो । थप २५ हजार दिने भनेको अहिले सम्म दिएको छैन । त्यो रकम दिएको भए सानोतिनो गर्जो त टथ्र्यो उनले भने–‘भुकम्पले घर भत्कियो, बस्ने बास गुम्यो । जेनतेन टहरा बनाएर बसेका छौ । स्थायी पुर्ननिर्माण गर्ने बेला सम्म अझै अस्थायी आवासकै रकम पाउन सकेका छैनौ । हाम्रो अभिभावक सरकार हो । सरकारले दुःखको बेला नहेरे कस्ले हेरिदेला ?’
यी केही प्रतिनिधी पात्र मात्र हुन् । जाजरकोटमा अहिले सम्म कसैलै पनि अस्थायी आवासको दोस्रो किस्ता रकम पाउन सकेका छैनन् । स्थायी पुर्ननिर्माणमा गैसक्नुपर्ने बेला सम्म पनि सरकारी ढिलासुस्तीले गर्दा पिडित परिवारले रकम पाउन नसकेका हुन् ।
भूकम्प गएको पाँच महिना वितिसक्दा पनि दोस्रो किस्ता रकम नपाउँदा भूकम्पपीडित चिन्तित भएका छन् । सरकारले दिएको पहिलो किस्ता रकम र साहुबाट कर्जा लिएर आवास निर्माण गरेका सर्वसाधारणले पाँच महिनासम्म दोस्रो किस्ता नपाएपछि आवास निर्माणको ऋण तिर्न पीडितलाई समस्या भएको छ । कात्तिक १७ गतेको भूकम्पले घरबारविहीन भएका पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहिलो किस्ता बापत सरकारले २५ हजार प्रदान गरेको थियो ।

भूकम्पबाट जाजरकोटमा ४२ हजार ५ सय २४ लाभग्राही कायम भए पनि हालसम्म ३८ हजार ५ सय ४२ लाभग्राहीले पहिलो किस्ता पाएका छन् । दोस्रो किस्ताको रकम जिल्ला विपत् न्युनिकरण तथा व्यवस्थापन समितिको खातामै थन्किएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले स्थानीय तहको विपत् पोर्टलमा विवरण इन्ट्री गर्न ढिलाई भएकोले गर्दा समस्या भएको बताए । राष्ट्रिय विपद न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण र भत्किएको घरको फोटो सहितका विवरण विपद पोर्टलमा इन्ट्री गरेपछि मात्र दोस्रो किस्ताको रकम निकासा गर्ने प्रावधान राखेको छ । विपद पोर्टलमा इन्ट्री गर्न ढिलाई हुँदा स्थानिय तहले अहिले सम्म जिल्ला विपद न्युनिकरण तथा ब्यवस्थापन समितिमा दोस्रो किस्ता रकम माग नै गर्न सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी आचार्यले करीब ३२ हजार लाभग्राहीको विपद पोर्टलमा इन्ट्री भैसकेको र दोस्रो किस्ताका लागि रकम माग गर्ने कार्य सुरु हुन थालेको बताए । शिवालयले माग गरेको छ । अन्य पालिकाले पनि माग गर्ने तयारीमा छन् केही दिनमै हामी दोस्रो किस्ताका लागि रकम पालिकाको खातामा पठाउँछौ उनले भने ।
भेरी नगरपालिकाले विपद पोर्टलमा इन्ट्रीको काम सकेर अनुगमण सुरु गरेको छ । प्राविधिक र जनप्रतिनिधी सहितको अनुगमण समितिको सिफारिसका आधारमा भुक्तानी दिईने भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए । उनले अस्थायी आवास निर्माण गरि जोखिमपुर्ण घर भत्काएपछि मात्र दोस्रो किस्ता भुक्तानी दिने बताए ।
तथ्याङ्क अनुसार स्थानीय तहबाट अझै तीन हजार ९८२ लाभग्राहीले पहिलो किस्ताकै रकम पाउन बाँकी देखिन्छ । अहिले ३२ हजार ३४५ अस्थायी आवास बनेको र दश हजार १७९ वटा आवास बनिरहेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ । ३९ हजार ८२३ जनाले पहिलो किस्ताका लागि पालिका सँग सम्झौता गरेका छन् । भेरी नगरपालिकाले पाँच हजार ५ सय ३, नलगाड नगरपालिकाले २ हजार ६ सय ८७, छेडागाड नगरपालिकाले ७ हजार ५१, बारेकोट गाउँपालिकाले पाँच हजार ९०, कुसे गाउँपालिकाले एक हजार ४४, जुनीचाँदे गाउँपालिकाले चार हजार १७४, शिवालय गाउँपालिकाले तीन हजार एक जना लाभग्राही गरी कुल २८ हजार ५ सय ५० जनाको नाम दोस्रो किस्ता पाउने लाभग्राहीका रूपमा अद्यावधिक गरिएको छ ।
छिट्टै दोस्रो किस्ता पाईहाल्ने आशामा उनीहरुले जस्तापाताहरु पसलहरु उधारो खरिद गरे । साहुहरुले पनि दिए । तर अहिले भूकम्पको पाँच महिना वित्दा समेत दोस्रो किस्ता पाउन सकेका छैनन् । दोस्रो किस्ता नआउँदा साहुको धम्की समेत सहनुपरेको कुशे गाउँपालिका, ४ का कालीबहादुर शाहीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad