April 30 - 2024, Tuesday१७ बैशाख २०८१, सोमबार

एमाले जाजरकोटको अध्यक्षमा युवा नेता नरेन्द्र शाही निर्वाचित

राजेन्द्र कार्की । जाजरकोट
नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित भएका छन । निवर्तमान अध्यक्ष खिमबहादुर शाहीलाई ८ मत अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन । मंगलवार भएको मतदानबाट शाहीले १ सय ९४ प्राप्त गरि विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी शाहीले १ सय ८६ मत पाएका थिए । दुई प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका नरेन्द्रलाई केन्द्रिय सदस्य निरज आचार्यको साथ रहेको थियो खिमबहादुरलाई अर्का केन्द्रिय सदस्य भैरब सुन्दर श्रेष्ठको साथ रहेको थियो । नरेन्द्र प्यानलबाट अध्यक्ष र उपसचिव निर्वाचित भएका छन् भने उपाध्यक्ष, सचिव र महिला उपसचिव खिमबहादुर प्यानलका निर्वाचित भएका छन् । शाही यस अघि शिवालय गाँउपालिकाका अध्यक्ष हुन् । विद्यार्थी कालबाटै राजनितिमा होमिएका शाही केही समय शिक्षण पेशामा समेत संलग्न थिए । उनले आफ्नो जित पुस्तान्तरणको जीत भएको बताएका छन् । उनले पार्टीलाई एक ढिक्का बनाएर जाजरकोटमा पहिलो पार्टी बनाउने संकल्प गरेका छन् ।

उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन । शाहले १ सय ८२ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी मोतिलाल ओलीले १ सय ७५ मत प्राप्त गरेका गरे । त्यसैगरी सचिवमा १ सय ८८ मत प्राप्त गरी गोपाल बहादुर नेपाली निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी नरबहादुर बस्नेत (एनबी) लाई १७ मत अन्तरले पछि पार्दै नेपाली विजयी भएका हुन । बस्नेतले १ सय ७१ मत प्राप्त गरेका छन ।

उपसचिवमा तप्तबहादुर हमाल विजयी भएका छन । उनका प्रतिस्पर्धी भक्तबहादुर बस्नेतलाई पछि पार्दै हमाल विजयी भएका हुन । हमालले १ सय ८१ मत प्राप्त गर्दा बस्नेतले १ सय ५७ मत प्राप्त गरेका छन ।
महिला उपसचिवमा सुनिता बोहरा विजयी भएकी छन । उनका प्रतिस्पर्धी हरिकला जैसीलाई पराजित गर्दै बोहरा निर्वाचित भएकी हुन । बोहराले १ सय ९३ मत प्राप्त गर्दा जैसीले १ सय ५१ मत प्राप्त गरिन ।

खुल्ला सदस्य तर्फ रामचन्द्र घर्ती, इन्द्र बहादुर थापा, कर्ण बहादुर खत्री, लोकेन्द्र संह (लोकेश), गणेश बहादुर थापा र कर्ण बहादुर शाही निर्वाचित भएका छन् । खुल्ला महिला तर्फ लक्ष्मी नेपाली, कौशिला कामी र सरस्वती वली निर्वाचित भएका छन् । ४० बर्ष मुनिका युवा सदस्यहरु तर्फ दिनेश गौतम, जय बहादुर बस्नेत, अशोक बहादुर सिंह, राम बहादुर सिंह, पुर्ण बहादुर नेपालि, जगत थापा र दुर्गा बहादुर थापा (दुर्गेश) निर्वाचित भएका छन् ।
एमाले जाजरकोटको सातौं जिल्ला अधिवेशनमा ४ सय ४ प्रतिनिधी छनौट भएका थिए । त्यसमध्ये ३ सय ९७ मत खसेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad