December 5 - 2023, Tuesday१९ मंसिर २०८०, मंगलवार

राहत वितरण भद्रगोल, त्रिपाल समेत नपाएको गुनासो

राजेन्द्र कार्की । जाजरकोट
भुकम्प गएको आठ दिन विति सक्दा पनि जाजरकोटका दुर्गम गाँउमा अझै राहत पुग्न सकेको छैन । प्रभावितले त्रिपाल समेत नपाउँदा खुला आकाशमा रात विताउन बाध्य छन् । दिन प्रतिदिन चिसो बढीरहेको भएपनि त्रिपाल लगायतका लत्ता कपडा नहुँदा स्थानिय समस्यामा परेका छन् ।

एकद्धार प्रणालीबाट राहत वितरण गर्ने सरकारी निति अनुुसार दैवी प्रकोप जिल्ला समन्वय समितिले राहत सामग्री बुझेर स्थानिय तहलाई बुझाउने र स्थानिय तहले वडा मार्फत पिडितलाई वितरण गर्ने भनिएपनि सम्बन्धित निकायले काम नगर्दा राहत वितरण अस्तब्यस्त र भद्रगोल भएको छ । कतिपय राहत सामाग्री सदरमुकाम स्थित थाप्लेचौरमा विपद ब्यवस्थापन समितिमा खुला गोदाममा थन्किएको छ भने कतिपय पालिकाका केन्द्रमा थन्किएको छ । केही वडा कार्यालयमा गएर थन्किएको छ । यातायतको पहुँच पुगेका बस्तीमा आवश्यक राहत पुगिसकेको भएपनि प्रयाप्त नभएको र दुर्गममा भने अझै राहत सामग्री पुग्न नसकेको पिडितको भनाई छ । स्थानिय तह सँग विपत ब्यवस्थापनका लागि प्रतिकार्य योजना नहुँदा अलमल भएको हो । राहत सामग्री आउने क्रम जारी छ वितरण गर्ने क्रम पनि जारी छ तर वितरण प्रणाली ब्यवस्थित नहँदा केही ठाँउमा दोहरिएर राहत पाईरहेको अवस्था छ भने कतिपय दुर्गम र विकट बस्तीहरुमा अहिले पनि राहत सामग्र नपुगेको जुनीचाँदे गाँउपालिका २ का सर्पराज रावतले बताए । जुनीचाँदेको ११ वडा, कुशेका ९ वडा, भेरी र नलगाडका केही वडाहरुमा अहिले पनि राहत पुग्न नसकेको गैरसरकारी संस्था महासंघ जाजरकोटका कार्यवहाक अध्यक्ष सहदेव बस्नेतले बताए ।


नलगाड नगरपालिकाकै वडा नम्बर ११ मा अहिले सम्म त्रिपाल समेत पुग्न सकेको छैन । वडा नम्बर ८,९, १०, १२ र १३ मा केही थान मात्र त्रिपाल पुगेको र धेरैजसो पिडितले अहिले सम्म राहत पाउन नसकेको पिडितहरुले गुनासो गरेका छन् । त्रिपाल मात्र होईन कुनै पनि राहत सामग्री अहिले सम्म वडा नम्बर ११ मा जान नसकेको स्थानिय दानबहादुर परियारले बताए । त्यस वडाका ३ सय बढी परिवार अहिले पनि खुला अकाशमा बस्न बाध्य भएको उनको भनाई छ । ति वडाहरुमा मानविय क्षति नभएपनि प्रायः सवै घर र्चिर्कएर बस्न नमिल्ने अवस्थामा छन् । मानवीय क्षति नभएकै कारण स्थानिय सरकार र दाताको ध्यान पुग्न नसक्दा त्रासका कारण घर बाहिर बस्न बाध्य ६ सय बढी परिवारले अहिले पनि त्रिपाल लगायतका राहत सामग्री पाउन नसकेको वडा नम्बर १३ का स्थानिय लोकजंग शाहीले बताए । दाताहरुले दिएको राहत सामग्री भने नगरपालिकामै थन्किएको छ । नगरप्रमुख डम्बर बहादुर रावतले भने ‘पहिला मानविय क्षति भएको ठाँउ तिर राहत केन्द्रित गरयौ अव सवै ठाँउ पुरयाउँछौ । सहयोग आईरहेको छ तर अझै प्रयाप्त हुन सकेको छैन ।’
त्यस्तै भेरीका वडा नम्बर २, ७, ८ , ९, १०, ११ , १२ र १३ लगायतका वडामा प्रयाप्त राहत नपुग्दा समस्या भएको छ । राहत पाएकाले पनि सानो त्रिपाल पाउँदा समस्या भएको छ । उनीहरुको सामान राख्न र सुत्न समस्या भएको भेरी नगरपालिका ११ का ज्ञानीप्रसाद शर्माले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad