December 5 - 2023, Tuesday१९ मंसिर २०८०, मंगलवार

एउटै त्रिपालमुनी ११ परिवारको बास !

राजेन्द्र कार्की । जाजरकोट
एउटा त्रिपालमुनी कति परिवार बस्न मिल्छ होला ? एक, दुई बढीमा तीन परिवार । होइन जाजरकोटका भुकम्प पिडितले त्रिपाल र स्थान अभावमा एउटै त्रिपाल मुनी ११ परिवार बस्ने गरेका छन् । जिल्ला सदरमुकाम खलंगा स्थित कस्तुरी बोडिङ्ग स्कुलमा एउटै त्रिपालमुनी ११ परिवार सँगै सुत्ने गरेका छन् ।

भुकम्पले घर चिराचिरा पारेपछि त्रासले भेरी नगरपालिका ४ का ११ परिवार एउटै त्रिपालमुनी सुत्न बाध्य भएका हुन् । भेरी नगरपालिका ४ का शिला पुन घर्ती, लक्ष्मी गिरी, धनसरा राना, कल्पना राना, सरस्वती पुन, कल्पना खत्री, शिला पुन, अनिता खड्का, सन्देश घर्ती, राजेश खत्री र महेश सिंहको परिवार एउटै त्रिपालमुनी सुत्ने गरेको उनीहरुले बताएका छन् । एउटै परिवारका दुई देखि ५ जना सम्मको परिवार छ ।

सवै गरी ३३ जना एउटै पालमुनी सुत्ने गरेका छौ स्थानिय शिला पुन घर्तीले भनिन घरमा बस्न सकिने अवस्था छैन । त्रिपाल दिएका छैनन् । प्रत्येकले अलग अलग त्रिपाल हाल्ने ठाँउ पनि छैन । त्यही भएर सामुहिक रुपमा त्रिपालमा सुत्ने गरेका छौ । खाना खान आ आफ्नो घरमा जाने र सुत्न मात्र त्यहाँ आउने गरेको उनले सुनाईन । सँगै सुत्दा कतिपयका केटाकेटी रुने कराउने, कतिपयले घुर्ने लगायतका समस्याले निन्द्रा नै नलाग्ने उनको गुनासो छ । त्यहाँ बस्ने धेरैजसो भाडामा बस्नेहरु पनि छन् । भाडामा बस्नेलाई स्थानिय तहले राहत नदिएपछि उनीहरु कोच्चिएर एउटै त्रिपालमा बस्न बाध्य भएका हुन् ।

बोडिङ्गको आगनमा करीब १५ ओटा त्रिपाल र टेन्ट राखिएको छ । त्यहाँ करीव ५० बढी परिवारका दुई सय बढी बस्ने गरेका छन् । उक्त स्थानमा बसेका मध्य केही बालबालिकाहरु विरामी परेका छन् । उनीहरुमा ज्वरो आउने, खोकी लाग्ने, निमोनिया लगायतका समस्या देखिएका छन् । सदरमुकाम भित्रकै यस ठाँउमा औषधी उपचार र अन्य खानेकुरा लगायतका राहत सामग्री अभाव भएको कल्पना खत्रीले बताइन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad