विरामी भएर थलिएकी ७६ बर्षिया सेतु कामीको उपचारका लागि उद्धार !

बद्रीपन्त । जाजरकोट २१, चैत,

आर्थिक अभावले गर्दा उपचार नपाएर एक बर्षदेखि थला परेकी जाजरकोटको नलगाड नगरपालिका १, चिउरीकी ७६ बर्षिया सेतु कामीलाई उपचारको लागि उद्धार गरिएको छ । कामीलाई उद्धार गरी उपचारको लागि सुर्खेत लगिएको हो । पत्रकार प्रकाश पन्तको पहलमा आइएनएफ सुर्खेतले उद्धार गरेको हो । उपचार नपाएर दुवै खुट्टा गल्न लागेकी उनलाई उपचारको लागि उद्धार गरी सुर्खेत ल्यायर कर्णाली केयर अस्पतालमा निशुल्क उपचार थालिएको छ ।

सुर्खेतबाट आइएनएफ सुर्खेतका उदय हमालको टोली गाडि लगेर आइतबार नलगाडको चिउरी पुगेको थियो । सेतुको स्वास्थ्य अवस्था र परिवारको समस्याबारे वुझ्न दुई हप्ताअघि पत्रकार पन्त घरमै पुगेर जानकारी लिएका थिए । आर्थिक अभावले गर्दा अस्पतालसम्म जान नपाएको जानकारी भएपछि आइएनएफ सुर्खेतले उद्धार गरी अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाएको आइएनएफका हमालले जानकारी दिए ।

bhumi-sanrakshyan

उनको सुर्खेत स्थित कर्णाली केयर अस्पतालमा निशुल्क उपचार थालिएको छ । एक बर्षदेखि विरामी परेर ओछ्यानमा थला परेकी थिइन। आर्थिक अभावमा उपचार नपाएर ओछ्यानमा छटपटिरहेकि कामिको उपचारका लागि धेरै ठाउँ हारगुहार गर्दा पनि कसैले नसुने पछि पत्रकार पन्तको पहलमा निशुल्क उपचार हुने भएको हो । अहिले उपचार पाउने भएपछि कामीको परीवार खुसी देखिन्छ ।

सेतुका छोरा शसे सहित पाँचजना परिवार पनि अपागता छन । कामको लागि ५ बर्ष अघि भारतको लदाख गएको वेला हिउँमा परेर हातखुट्टा गुमाएका थिए । शसेलाई आइएनएफले ४५ हजार भन्दा बढी पर्ने ह्वील चेयर सहयोग गरेको छ । आर्थिक अवस्था र परिवारको स्वास्थ्य समस्या भएपछि आइएनएफले ह्वील चेयर सहयोग गरेको हो । पत्रकार पन्तको पहलमा जाजरकोटको दुर्गम गाउँघरका विरामीहरु यसै गरीउपचार सहयोग पाइरहेका छन । त्यसैले भनिन्छ नि जहाँ अन्धकार छ त्यही बत्तीहरु बल्छन्,बालिन्छन् । यदि कसैलाई आफूभित्र दिव्य ज्योति छ जस्तो लाग्छ भने उ अन्धकार तर्फ जानुपर्छ पत्रकार पन्तले भने ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya