April 16 - 2024, Tuesday४ बैशाख २०८१, मंगलवार

एमालेवाट निर्वाचित वडाध्यक्ष काँग्रेसमा प्रवेश

प्रवाह संवाददाता । जाजरकोट

जाजरकारकोटमा एमालेवाट निर्वाचित एक वडाध्यक्ष नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । केहि समय अघि माओवादी केन्द्र जाजरकोटका युवा नेता योगेन्द्रवहादुर सिंह जलन र नेत्रविक्रम चन्द विप्लव निकट माओवादीका प्रभावशाली युवा नेता प्रेमवहादुर शाही काँग्रेसमा प्रवेश गरेको केहि दिन पछि जाजरकोटको भेरी नगरपालिका वडा नम्वर १२को वडाध्यक्षमा नेकपा एमालेको तर्फवाट २०७४ सालको स्थानीय तहको निर्वाचनमानिर्वाचित नीमवहादुर भनारीले पार्टी परित्याग गरि काँग्रेस प्रवेश गरेका हुन् ।

नेकपा एमाले जाजरकोटको जिल्ला समिति सदस्य र भेरी नगरपालिका वडा नम्वर १२को इन्चार्ज समेत रहेका वडाध्यक्ष भनारीले एमालेका नेताहरुको शैली र पार्टीको नीति सिद्धान्त गरिव जनता र देशको हितमा नभएको भन्दै आफुले एमाले परित्याग गरेर काँग्रेस रोजेको वताए । वडाध्यक्ष भनारीको एमाले त्याग र काँग्रेस प्रवेशको घटनालाइ जिल्लामा सर्वसाधारणहरुले विशेष चासोका साथ हेरेका छन् ।

नेपाली काँग्रेसले आज सदरमुकाम खलंगा स्थित विपी स्मृति भवनमा आयोजना गरेको विशेष कार्यक्रमका विच भनारीले एमाले परित्याग गरि काँग्रेसको सदस्यता लिएका हुन्। जनताले दुइ तिहाइ वहुमत दिदा पनि एमालेकै कारण पार्टी फुटेर देश र जनतालाइ गद्धारी भएको भन्दै अव एमालेवाट जनताले आसा गर्ने कुनै ठाँउ नरहेकोले आफुले उक्त पार्टी छोडेको वताए ।

काँग्रेसमा प्रवेश गरिसकेपछि वोल्दै वडाध्यक्ष भनारीले आफुले मात्रै नभएर अन्य नेता कार्यकर्ताहरुले समेत एमाले छोड्ने विस्वास व्यक्त गरे । एमाले परित्याग गरेका वडाध्यक्ष भनारीलाइ नेपाली काँग्रेस जाजरकोटका सभापति वेदराज सिंह, पुर्व साँसद दिपकजंग शाह र कर्णाली प्रदेश समिति उपभापति सनतकुमार कार्कीले अविर, माला र पार्टी सदस्यता दिएर काँग्रेसमा स्वागत गरे ।

आफु एमालेको तर्फवाट निर्वाचित वडाध्यक्ष र जिल्ला समितिको सदस्य भएपनि एमाले भित्र आफु लगाएतका सोझा र इमान्दार नेता कार्यकर्ताहरुलाइ अन्यायपुर्ण र अपमानपुर्ण व्यवहार गर्ने गरिएको र पछिल्लो समयमा एमालेले लिएको नीति र व्यवहारले देश र जनताको हित गर्न नसक्ने कुरा वुझेर आफुलेएमाले त्यागेको भनारीले वताए ।

मेरो परिवार सुरु देखि नै कम्युनिष्ट थियो तर पछिल्लो समय एमालेका नेताहरुका सवै गतिविधि र शैलीले मलाइ काँग्रेस रोज्न वाध्य वनायो भनारीले भने । एमालेका नेताहरु भ्रष्टाचार, वेइमानी र झुटको राजनीतिमा सक्रिय भएकोले आफुलाइ एमालेमा वस्न गाह्रो भएको भनारीले वताए । एमाले र अन्य कम्युनिष्टहरुको झुट र ठगी राजनीतिका कारण अहिले देश काँग्रेसमय वन्दै गएको भनारीले वताए ।सधैं अडानमा प्रष्ट, विचारमा स्पष्ट, तथा राष्टिय मुद्धामा गम्भीर हुने एक मात्र पार्टी काँग्रेस भएकोले आफुले एमाले छोडेर यसैमा आएको भनारी वताए । दुइ वर्ष अघि पनि जिल्लाको कुशे गाउँपालिका वडा नम्वर ६मा माओवादी केन्द्रवाट निर्वाीचत वडाध्यक्ष अमरवहादुर शाही पनि माओवादी त्योगेर काँग्रेसमा प्रवेश गरेका छन् । शाही अहिले नेपाली काँग्रेसको कुशे गाउँपालिका समितिको सभापति छन् । भनारीलाइ पार्टी प्रवेश गराउने कार्यक्रममा वोल्दै पुर्व साँसद दिपकजंग शाहले एमालेका जिम्मेवार नेताले समेत काँग्रेस रोज्नु भनेको एमालेप्रति जनताको विस्वास घट्दै गएको संकेत भएको वताए । एकता सहकार्य र मेलमिलापको राजनीति नै काँग्रेसको चरित्र भएकोले अव जनताले विस्वास गर्ने एक मात्र विकल्प काँग्रेस नै भएको पुर्व साँसद शाहले वताए ।

यस्तै कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेशका उपसभापति सनतकुमार कार्कीले वडाध्यक्ष भनारीको काँग्रेस प्रवेश गर्ने दिन र घटनाले एमालेको झुटको राजनीति नांगिएको वताए । उपसभापति कार्कीले जनतासंगका वाचा र दायित्वहरुमा वेमाइमानी गर्ने एमालेका कारण जनताहरु सवैतिर निरास रहेको वताए ।
यस्तै नेपाली काँग्रेसका नेता मुक्तिप्रसाद आचार्यले विगत देखि नै जनताको नाममा झुट र वेइमानीको राजनीति गर्दै आएको एमालेले अव जनताको विस्वास जित्न नसक्ने वताए । आफना इमानदार नेता कार्यकर्ताहरु माथि समेत अन्याय र अपमान गर्ने एमालेले सर्वसाधारण जनताको हितमा काम गर्न नसक्ने नेता आचार्यले वताए ।

यस्तै कार्यक्रममा काँग्रेस जाजरकोटका सभापति वेदराज सिंहले जनतामाथि हाका हाकी ठगी गर्ने एमालेका नेताहरुको चरित्रलाइ अस्वीकार गर्ने सवै नेता कार्यकर्ताहरु काँग्रेसमा आउने विस्वास व्यक्त गरे ।

४ लाखको जग्गाको मुल्यांकण ८ लाख वनाएर नगरपालिकालाइ ४० लाखमा वेच्ने एमाले नेताहरुको चरित्र चरम भ्रष्ट रहेको भेरी नगरपालिकाको एक घटनाले पुष्टि गरेको सभापति सिंहले वताए । एमालेकै गलत दम्भ र गैरजिम्मेवारीका कारण देशमा चरम आर्थिक मन्दीको अवस्था सिर्जना हुदै गएको भन्दै सभापति सिंहले अव देशमा काँग्रेसको विकल्प नरहेको वताए । एमाले त्यागेर काँग्रेसमा आएका वडाध्यक्ष भनारीलाइ काँग्रेसले न्यायपुर्ण अवसर र जिम्मेवारी दिने सभापति सिंहले वताए ।

पार्टी प्रवेश कार्यक्रममा काँग्रेस जाजरकोट र भेरी नगरपालिकाका चार दर्जन वढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जिल्लामा पछिल्लो चरणमा कम्युनिष्ट पार्टी छोडेर काँग्रेस प्रवेशको लहर चलेपछि सर्वसाधारण नेता कार्यकर्ताको तहमा व्यापक चर्चा हुन लागेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad