भुमि आयोगको अध्यक्षमा रावत

प्रवाह संवाददाता । जाजरकोट

भुमि आयोगको जाजरकोट जिल्ला अध्यक्षमा सर्पराज रावत नियुक्त भएका छन् । सरकारले रावतलाई भुमि आयोग जाजरकोटको अध्यक्षमा नियुक्त गरेको हो । उनी नेपाली काँग्रेसका महासमिति सदस्य तथा कर्णाली प्रदेश सदस्य हुन् । उनी यस अघि नेपाली काँग्रेस जाजरकोटको उपसभापति थिए ।

 

bhumi-sanrakshyan

भुमि आयोगको सदस्यमा वीरबहादुर बस्नेत र विज्ञ सदस्यमा चन्द्रकला अधिकारी नियुक्ती भएका छन् । बस्नेत र अधिकारी दुवै नेकपा माओवादी केन्द्रका हुन् । आयोगको जिल्ला कार्यालयले भुमिहिनहरुको लगत संकलन गर्ने, बर्गिकरण गर्ने र लालपुर्जा वितरणका लागि सिफारिस समेत गर्ने कार्यक्षेत्र तोकिएको छ । यस अघि नेकपा एमालेले नवराज सिंहलाई जाजरकोटको भुमि आयोग अध्यक्षमा नियुक्त गरेको थियो । एमालेले गठन गरेको भुमि आयोग बर्तमान सरकारले विघटन गदै देशभर नयाँ पदाधिकारी नियुक्त गरेको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya