कमल रोकाय । पैक, जाजरकोट हाल धादिङ
हो संसारको रुपान्तरण, विकास र समृद्धि असम्भवबाट सम्भव भएको छ । दुनियाँकालागिअसम्भवभनिएकाचीजहरु मानिसहरुको लागिखोज, अनुसन्धान र नयाँ अविष्कारका बिषयहरु हुन । खोजमा जुटेकाहरुले देखेको सपनाहरुबाट अविष्कार हुन्छन् र भएका पनि छन् । तर सपनाहरुलाई अविष्कारमा स्थापित गर्ने अवयवहरु निश्चित सिद्धान्त, बिधी र त्यसका लागि आवश्यक श्रोत साधन अपरिहार्य साधन हुन । सिद्धान्तहरुको कार्यान्वयन एक निश्चित बिधीबाट गरियो भने त्यसले सकारात्मक वा नकारात्मक मध्ये कुनै एक वा दुबै परिणाम अबश्य ल्याउदछ । त्यसका लागि श्रोत, साधन र समयको लगानी अत्यन्त जरुरी साधन हुन । संसारका प्रत्येक नागरिकहरुले सपना देख्छन् तर सबैको सपना साकार हुँदैनन् । साकार भएका सबै सपनाहरुले अविष्कार गर्दैनन् । अविष्कार भए पनि ती अविष्कारका सेवा सुविधाहरु मा आममानिसको पहुँचमा हुदैन । जबसम्म अविष्कार आम सर्बसाधरणका लागि पहँुचमा आउदैन, त्यो अविष्कारले समाज रुपान्तरणको प्रतिनिधीत्व गर्दैन । जब समाज रुपान्तरका लागि प्रतिनिधीत्व गर्दैन त्यो अविष्कार हुनु र नहुनुले सामान्य नागरिकलाई एक रत्तिपनि फरक पर्दैन । भर्खरै अविष्कार भएको भनिएको उड्ने कार भने जस्तै हो, जो हाम्रो लागि भिरमा झुण्डिएको कुभिण्डो मात्र हो ।
मैले भन्न खोजेको के हो भने सपनाहरु देख्न पाईन्छ । सपनाहरुको काम नै देख्ने हो, देखाउने हैन । सपना देखेर अगाडी बढ्नु पनि पर्दछ तर सपनाहरु देखाएर अगाडी बढ्ने कोशिस गलत छ भन्नै पर्ने हुन्छ । आज सम्म हामीले देशलाई सिंगापुर लगायतका संसारका विकासित मुलुकहरुकै उचाईमा लैजाने सपनाहरु हामी जनताहरुलाई बड्यौं । तर देशलाई नेतृत्वदिने लहरमा उभिएका हामी सबैले धेरै चर्चा कमाउने, पैसा कमाउने, सेलिबे्रटी हुने, गडगडाहट तालीखाने, आलिशान जिन्दगी जिउने, शक्ति र सत्तामा मात्र रमाउने सपना देख्यौं र त्यही साकार पार्नमै ब्यस्ता रह्यौं । त्यही सपनाहरुलाई फलिफाप बनाउने ध्याउन्नमा लाग्यौं । आफ्नै आँगनमा एक गाँस भात नपाएर छटपटाईरहेका गरीब, बिपन्न र बिचरा मान्छेहरुलाई देख्दै देखेनौं । बरु त्यस्ता नागरिकहरुलाई सिंगापुरे–सपना देखाएर आफ्ना अभिष्ट पुरा गरिरहने रणनीतिमा रह्यौ । जनताको लागिकाम गर्ने सरकारले सपना देख्नु पर्दछ । सपनाहरुलाई नीति, कार्यक्रम, बजेटमा ल्याउनु पर्दछ । त्यो सरकार र सत्तामा रहनेहरुलाई सदियौं देखि छुट छ । तर सपना मात्र देखाउने प्रबत्ति गलत छ ।
सपनाहरुको तथ्यगत आधार सहित प्रस्तुत हुनु सरकारको जिम्मेवारी हो । सरकारसँग शिद्धान्त, बिधी र बिद्यान हुन्छ । पद्धती हुन्छ । उसँग प्रणाली हुन्छ । श्रोत, साधन र सत्ता हुन्छ । त्यो कार्यान्वयनका लागि मानिसहरु सँधै तम्तयार हुन्छन् । सरकारले देखेका सपनाहरुलाई परिक्षण गरेर मात्र जनताको सामु प्रस्तुत हुनु पर्दछ । यो उसको प्रथम जिम्मेवारी पनि हो । हामीले हाम्रो जिल्लाका नेतृत्व बर्गलाई सपनै नदेख्नुस भनेको पनि हैन र देख्नु हुन्न भन्ने पनि भनिएको छैन । सपना देख्नुस र जनतालाई सपना साकार हुने आधार सहितत्यी सपनाहरुलाई हामी माझ बाँड्नुस । हाम्रो मेहनतकहाँ निर लाग्छ भन्नुस हामीतयार हुन्छौं परिणाममा पुर्याउन । सपनामा राजनीति नमिसाउनुस भन्छु म । विकासमा राजनीति नघोल्नुस भनेर अनुरोध गर्छु म । तर राजनीतिक विकास मानिसहरुमा चाहिन्छ । त्यो चाहि गर्नुस, एक ब्यबस्थित संस्कार, पद्धती, प्रणाली र शिद्धान्तमा आधारित । भाषण गर्यो भनेर भन्नुहोला,यो तपाई हामी सामुमै भईरहेको तथ्यलाई दोहोर्याएको मात्र हुँ ।
निहत्था जनताको हातमा न सत्ता छ । न श्रोत साधन छ । न त शक्ति र सत्ता छ । सत्ताको गुलियो भनौ या तितो स्वादभनौ त्यो चाख्ने सरकारका प्रमुख तथा प्रतिनिधीहरुसँग यी सबै छ । सपनाहरुलाई अध्ययन गरेर तथ्य सहित प्रस्तुत गर्न केहिले पनि छेकेको छैन । बरु जति सक्यो चाँडो सपनाहरुको तथ्य उजागर गर्नुस हामीसामु । काम सृजना गर्नुस, एअरपोर्ट, स्मार्टसिटी, कृषिमा आत्मनिर्भर पालिका, प्रबिधीयुक्त पालिका स्थापना, अनलाईन पठनपाठनको शुरुवात, भनेको बेला फ्याट्ट फोन लाग्ने गाउँनिर्माण गरेर । हामी बेरोजगार छौं । हामीलाई आफ्नै माटोमा एक गाँस उब्जाउन रहर छ । वा भनौ कमाएको एक सुक्का भएपनि आफ्नै माटोमा लगानी गर्न मन छ । ए हजुर त्यो मौका त मिलाई दिनुस । यहीनेर भन्नुहोला, कल्ले छेकेको छ तँलाई भनेर । छेकेको कसैले छैन बरु अवसर नदेखेको मात्र हो ।
हामी बरिष्ठहरु सपना मात्र देख्ने । हामीलाई कालापहाड धाउनेहरुलाई देखेका सपनाहरु मात्र बाँड्ने । अनि जनताहरु एक गाँस भातका लागि कालापहाड धाउनु पर्ने । एक सर्को भोटोको लागि सिमा काट्नु पर्ने । नेपालगञ्जबाट घर पुग्ने मात्र भारु बोकेर भए पनि दशैँ र तिहार मनाउन आउनु पर्ने । यो हटाउने सपना देखेको खै ? गाँउ छोडेर प्रवासी भएको छोराछोरी वा भनौ एक गाँउबाट अर्को गाँउका आफन्तबीच एक कलफोन गर्न नपाएको सदियौं भयो हामीलाई थाहै छ । उच्चकोटीको प्रबिधी जोडेर घरघरमा फोन लाग्ने बनाउछु भन्ने सपना देखेको खै ?
हामीलाई थाहै छ, सञ्चार प्रबिधिीको विकासले विश्व एक सानो गाँउभईसक्यो तर हाम्रागाँऊहरु अर्कै ग्रह जस्तै सञ्चार बिहिन छन् । उज्यालो नाममा एक पात्तो सोलर बाहेक के छ ?हामीले देखेका सपनाहरुसँगै यी सपनाहरुलाई क्रमशःप्राथमिकतामा राखेको भए आभारी हुनेथियौं भन्ने मात्रै हो ।
अन्तमा, मेरो भनाई सपना देख्नु हुन्नभन्ने हैन । देख्नु पर्छ । जे पनि सपना देख्ने छुट हामीलाई छ । तर सार्वजनिक ओेहदामा रहेकाहरुले देखाउने सपनाहरु तथ्य गत हुनै पर्दछ भन्ने हो । सपनाहरुले मानिसहरुलाई झुक्याउनु हुँदैन बरु मानिसहरुलाई आश्वस्त पार्नु पर्दछ । आश्वस्त पारिएका र आश्वस्त हुन सकिने सबै सपनाहरुको समर्थन गर्दछु । तर विकास क्रमका न्यूनत्तम आधार नभएका सपनाहरु फगत लामो रातमा देखिने सपना मात्र हुन, त्यीनीहरुको समर्थन उत्रने फुर्सद निकाल्नु हुन्न ।