१५ सैयाको आयुर्वेद अस्पताल सदरमुकाममै बनाउन सहमति

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

प्रयाप्त जग्गा नभएको भन्दै लामो समय अलमलमा परेको आयुर्वेद अस्पताल भेरी नगरपालिका ३ ठाँटीवजार नजिकै स्वास्थ्य सेवा कार्यालयको जग्गामा बनाउने सहमति भएको छ ।

जिल्लाको सदरमुकाम खलंगाको मुख्य वजारको रुपमा परिचित ठाँटीवजारमा आयोजित एक छलपल कार्यक्रममा सरोकारवालाहरुले साझा प्रतिवद्धता गरेपछि अत्याधुनिक आर्युवेद अस्पतालको भवन वनाउने पहल सुरु हुन लागेको हो । सरकारले पठाएको वजेट संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय सुर्खेत मार्फत २५ करोड लागतमा निर्माण हुने उक्त अस्पताल भवनको जग्गा छनोट तथा व्यवस्थापनका लागि शुक्रवार खलंगाको ठाँटीवजारमा वसेको सरोकारवालाहरुको सर्वपक्षीय वैठकले सो पहल सुरु गरेको हो ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीको प्रमुख आतित्यता र सक्रियतामा तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैशीको अध्यक्षतामा वसेको वैठकले स्वास्थ्य सेवा कार्यालयको स्वामित्वमा खलंगाको ठाँटीवजारमा रहेको ७ रोपनी जग्गा उपलव्ध गराउन सम्वन्धित निकायलाइ अनुरोध गर्ने निर्णय गरेको भेरी नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष लिलावहादुर शाहले वताए । उनले यस अघि जिल्ला आर्युवेद कार्यालय जाजरकोटका नाउँमा २ रोपनी जग्गा पास भइसकेको, तीन रोपनी जग्गा पनि पास हुने प्रक्रियामा रहेको र थप २ रोपनी जग्गा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले सोहि स्थानमा उपलव्ध गराउने भएपछि अस्पताल लगाएतको संरचना निर्माण गर्ने कामको सुरुवात हुन लागेको वताए ।

आर्युवेद अस्पताल निर्माणका लागि जग्गा तथा अन्य महत्वपुर्ण कामको सहजीकरण र सहयोगका लागि भेरी नगरपालिकाले पहल लिने निर्णय भएको पनि वडाध्यक्ष शाहले वताए । स्वास्थ्य सेवा कार्यालय जाजरकोटको आयोजनामा सन्चालन गरिएको उक्त वैठकमा नगरप्रमुख चन्द्रप्रकाश घर्ती, वडा नम्वर ३का वडाध्यक्ष लिलावहादुर शाह, ४ का वडाध्यक्ष खम्वजंग शाह , जाजरकोट अस्पताल व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु नगेन्द्र शाह र धर्मशीला वस्नेत, स्वास्थय सेवा कार्यालयका प्रमुख सहितका कर्मचारीहरु, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपाका जिल्ला तथा नगर स्तरका नेताहरु, पत्रकारहरु, निर्माण व्यावसायीहरु, नागरिक समाजका अगुवाहरु,उद्योगी व्यापारीहरु र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

वैठकपछि वोल्दै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले सर्वपक्षीय वैठकले खलंगाको ठाँटीवजार स्थित स्वास्थ्य सेवा कार्यालयको जग्गामा आर्युवेद अस्पताल वनाउन पहल लिन गरेको निर्णयलाइ कार्यान्वयन गराउन आफुले सहजीकरण तथा सहयोग गर्ने वताए । नगरपालिकाको तर्फवाट खेल्नुपर्ने भुमिका र सहजीकरणका लागि आफु तयार रहेको भन्दै नगरप्रमुख घर्तीले यसका लागि तत्काल आवस्यक काम अघि वढाउने प्रतिवद्धता जनाए । वैठकमा सहभागि स्थानीय सरोकारवालाहरुले सदरमुकामको विकास र व्यवस्थापन नै समग्र जिल्लाको पहिचान भएकोले यसको दिगो र व्यवस्थित विकासको लागि सवैले न्यायपुर्ण चिन्ता र चासो लिनु पर्ने धारणा राखेका थिए । वैठकमा नेपाली काँग्रेसका नेता सनतकुमार कार्की, एमालेका मित्रगणेश श्रेष्ठ, नगेन्द्र शाह, विश्वविक्रम शाह, माओवादी केन्द्रका प्रताव जैसी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भीमवहादुर सिंह, पत्रकार जनक केसी, वीरवहादुर गिरी, राजेन्द्र कार्की, नगारिक अगुवा राजेन्द्र विक्रम शाह, उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण खत्री, निर्माण व्यावसायी संघ जाजरकोटका अध्यक्ष कृष्णविक्रम शाह, अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष धर्मशीला वस्नेत, वडा नम्वर ३ का वडाध्यक्ष लिलावहादुर शाह, ४ का वडाध्यक्ष खम्वजंग शाह, जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाह, स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक टीकाराम जैशी, जिल्ला आर्युवेद कार्यालयका प्रलाद सुवेदी लगाएतका व्यक्तिहरुले जिल्ला सदरमुकामको भविस्य र आर्युवेद अस्पताल निर्माणका वारेमा विभिन्न सुझावहरु दिएका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad