April 27 - 2024, Saturday१५ बैशाख २०८१, शनिबार

गर्भवति र सर्पले टोकेका विरामीको हवाइ उद्धार

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा सुत्केरी हुन नसकेकी एक गर्भवति र सर्पले टोकेर गंभिर विरामी परेका एक युवकको हवाई उद्धार गरिएको छ ।
दुई दिन देखि सुत्केरी ब्यथाले जीवन मरणको दोसाँधमा रहेकी बारेकोट गाँउपालिका २ कि हरिकला सिहंको हेलिकोप्टरबाट उद्धार गरिएको हो । प्राथमिक उपचार केन्द्र लिम्सामा सुत्केरी गराउन नसकेपछि उनलाई हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत पठाईएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।

त्यस्तै सर्पले टोक्दा गंभिर घाईते जुनीचाँदे गाँउपालिका ७ का २६ बर्षिया नरेश घर्तीको हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि सुर्खेत पठाईएको गाँउपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्यले बताईन । विहिवार बेलुका उनलाई विसालु सर्पले टोकेको थियो । गाँउमा उपचारको भरपर्दो ब्यवस्था नहुँदा उनको अवस्था थप जटिल भएपछि जनप्रतिनिधीहरुको पहलमा हवाई उद्धार गरिएको हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad