January 24 - 2021, Sunday११ माघ २०७७, आईतवार

चन्द्रा मगरका मुक्तकहरु….

आगनिको डिलैमा लाहुरे फुल फुलिसके रे।
गैरिखेतमा पनि धानका बाला झुलिसके रे।।
यता कोरना र झरी मिलेर बाटो छेकेकै छन।
आमाले भन्छिन आइजा न बाटो खुलिसके रे।।
देखे जस्तो हुन्न जीवन भोगाइ अनेक हुन्छन्।
सोचेजस्तो हुन्न जिबन खोजाइ अनेक हुन्छन्।।
भने जस्तो त कस्लाइ छर खुशी हुन जान्नुपर्छ।
मनकै पछि लाग्न थाले त रोजाइ अनेक हुन्छन्।।
जीवन खाली पाना रैछ रङिन बुट्टा भरेर जानु छ।
एकदिन यो सन्सारबाट अन्तै बसाइ सरेर जानु छ।।
किन लिनु बेकार रिस राग किन गर्नु लोभ र मोह।
जन्मेपछी निस्चित हो हामी एकदिन मरेर जानु छ।।

Prabaha

faujikira-sambandhi-suchana