क्रान्तिकारी पत्रकार संगठनको कार्यवाहक अध्यक्षको जिम्मेवारी घर्तीलाई

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

क्रान्तिकारी पत्रकार संगठन नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी जाजरकोटका दीपबहादुर घर्तीले पाएका छन् । संगठनको केन्द्रिय समितिको भर्चुअल बैठकले बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका घर्तीलाई कावा अध्यक्षको जिम्मेवारी दिईएको हो ।

केही समय अघि संगठनका अध्यक्ष डिल्लीराज रावतले राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृत गरिएपछि रिक्त पदमा घर्तीलाई जिम्मेवारी दिइएको हो । तत्कालिन विद्रोही माओवादीले संचालन गरेको शसस्त्र युद्धमा भुमिगत राजनितीमा होमिएका घर्ती शान्ति प्रक्रिया पछि जाजरकोटलाई कर्मथलो बनाएर पत्रकारीता गरिरहेका छन् । डिजिटल सञ्चार अनलाइनका संचालक तथा सम्पादक रहेका घर्ती कुशल संगठक मानिन्छन् । उनी नेपाल पत्रकार महासंघ जाजरकोटका कोषाध्यक्ष पनि हुन् ।

विप्लब नेतृत्वको नेकपाले क्रान्तिकारी पत्रकार संगठनका प्रभात चलाउने, डिल्लीराज रावत,जन्मदेव जैसी, कमल बुढा लगायतका पत्रकारहरुलाई कारवाही गरेपछि संगठनका दुई समानान्तर समिति गठन भएका थिए । क्रान्तिकारी पत्रकार संगठन नेपालको नेतृत्व सल्यानका डिल्लीराज रावतले गरेका थिए भने जनपत्रकार संगठनको नेतृत्व प्रकाश डुम्रेले गरेका थिए । डुम्रे नेतृत्वको जनपत्रकार संगठनको समितिलाई नेकपाले मान्यता दिएको थियो ।

संघसंस्था ऐन २०३४ अनुसार दर्ता भएको यो संगठन स्थापना कालमा नेकपा निकट भएपनि अहिले कुनै राजनैतिक दल निकट अर्थात शुुभेच्छुक सस्थाको रुपमा नरहेको कावा अध्यक्ष घर्तीले बताए । शुरुमा हामी विप्लब नेतृत्वको नेकपाकै विचार र दर्शन अनुसार नै संगठनको स्थापना गरिएको भएपनि हाल उक्त पार्टी संग संलग्नता नरहेको कावा अध्यक्ष घर्तीले बताए । उनले भने ‘स्वतन्त्र पत्रकारहरुको पेशागत संगठन बनाउँने उद्देश्यका साथ हामी कुनै पनि राजनैतिक दलमा आवद्ध नभएका हौ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad