April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

हिमपातपछि बाली सपर्ने भन्दै स्थानिय खुसी

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाका उत्तरी तथा पश्चिमी क्षेत्रका लेकाली भुभागमा हिमपात भएपछि स्थानियहरु बालीनाली सप्रने भन्दै खुसी भएका छन् । मंसिर महिनामा हिउँ परे हिउँदेबाली गहँ, तोरी, चना र फलफुल खेती सप्रने भन्दै स्थानिय किसान खुसी भएका हुन् ।

‘हिउँ परेको बेला निकै चिसो हुन्छ । घर बाहिरै निस्कन गाह्रो हुन्छ । केटाकेटी र बुढाबुढी चिसोले विरामी समेत हुन्छन् तर पनि हिउँ पनै पर्छ’ कुशे ५ पाँचकाटियाका कर्णबहादुर थापाले भने ‘हामी बाक्लो हिउँ परेपछि खुसी हुन्छौ । किनभने हिउँपरेको बर्ष भोकमरी हुँदैन ।’ हिउँपरेपछि वातावरण सफा हुनुका साथै पानीका मुहानहरु नसुक्ने , सिंचाई असुविधा भएका पाखोवारीमा लगाएको अन्नपात, फलफुल र तरकारी खेती सप्रने थापाले बताए ।

शुक्रवार र शनिवार वर्षात संगै परेको हिमपातले जिल्लाको ग्रामीण जनजीवन निकै कष्टकर वनेको छ । हिमपातले चिसो वढेपछि जिल्लाको ग्रामीण भेगका जनताको दैनिक जनजीवनका साथै विद्यालयको पठनपाठन र र अन्य कामकाज प्रभावित भएको थापाले बताए । जिल्लाको कुसे गाउँपालिका , वारेकोट गाउँपालिका र जुनीजाँदे गाउँपालिकाका विभिन्न वस्तीहरुमा हिमपात भएको छ । कुसे गाउँपालिकाको पैंक, पाँचकटिया, समाइला वारेकोटका रामीडाडा, रोकायगाउँ नायकवाडा लगाएतका गाउँ र वस्तीहरुमा हिमपात भएको हो ।

यस्तै वारेकोट क्षेत्रमा पनि हिमपातले चिसो निकै वढेको स्थानीय शिक्षक कालीप्रसाद थापाले वताए । हिमपात र वर्षातका कारण चिसो वढ्ेपछि साना वालवालिकाहरुले स्कुल जान नसकेको र वृद्धवृद्धाहरु र विपन्न समुदायका सर्वसाधारणहरुले वढी कष्ट वेहोरिरहेको थापाले वताए । सदरमुकाम खलंगामा पनि वरिपरिका डाडाहरुमा परेको हिमपातको असर देखिएको छ । कुसे गाउँपालिका र भेरी नगरपालिकाको वडा नम्वर १ र २को उच्च लेकहरुमा परेको हिमपातका कारण सदरमुकाम खलंगामा चिसो अत्यधिक वढेको स्थानीय रत्नराज हमालले वताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad