प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटको शिवालयमा एक युवक मृत अवस्थामा फेला परेका छन् । शिवालय गाँउपालिका ३ शिवालयका ३० बर्षिय मानबहादुर बुढा शुक्रवार मृत अवस्था फेला परेका हुन् । उनको लास शिवालय गाँउपालिकाको कार्यालय नजिकै भेटिएको हो ।
उनलाई कसैले हत्या गरेको हुन सक्ने स्थानिय र आफन्तको आशंका छ । मृतकको लासलाई सदरमुकाम स्थित जिल्ला अस्पताल ल्याएर पोष्टमार्टम गरिएको छ । चोटपटक खासै केही देखिदैन जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्रीले भने ‘अहिले सम्म परिवारले किटानी जाहेरी दिएका छैनन् । संकास्पद ५ जना सँग प्रहरीले सोधपुछ गरेको छ । कसैलाई पक्राउ गरिएको छैन । अघिल्लो दिन केही साथीहरु सँग जाँड खाएको बुझियो । लडेर मृत्यु भएको पनि हुन सक्छ । अनुसन्धान जारी छ । पोष्टमार्टम रिपोर्ट के आउँछ, हेरौ ।’