हराएको सात बर्ष पछि भेटिईन युवती

प्रवाह संवाददाता । जाजरकोट

घरबाटै हराएकी जिल्लाको बारेकोट गाउँपालिका–५ करुकाकी एक युवती सात बर्ष पछि भेटिएकी छन् । हराएका महिलाहरुको संरक्षण घर नामक एक सामाजिक संस्थाको पहलमा भारतको नयाँ दिल्लीबाट २७ बर्षिय कल्पना थापाको उद्धार गरेर जाजरकोट पुर्याएको हो ।
तमाना शिष्टर अफ च्यारेटी (हराएका महिलाहरुको संरक्षण घर) मा कार्यरत मन्जुसाको टीमले कल्पनालाई भारतको नयाँ दिल्लीबाट जाजरकोट सदरमुकाम खलंगा पुरयाएर मंगलवार कल्पनाका दाई महेन्द्र थापालाई बुझाएको हो । बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाही, स्थानिय प्रशासन, पत्रकार र अधिकारकर्मीको रोहवरमा उनलाई आफन्तको जिम्मा लगाईएको होे ।

तीन बर्ष पहिला (सन् २०१७ मे १५ तारिखमा) नयाँ दिल्लीको गुरागाउँ स्थित एक अस्पतालमा भारतको प्रहरीले कल्पनालाई फेला पारेको मन्जुसाले बताईन् । भारतिय प्रहरीले कल्पनालाई ताउड देविल बृद्धाश्रमलाई बुझाएको जानकारी दिदै मन्जुसाले कल्पना फेला परेको एक बर्षपछि आफु कार्यरत हराएका महिलाहरुको संरक्षण घरमा कानुनी हिसाबले आई पुगेको बताईन् । मानसिक समस्या देखिएपछि कल्पनालाई आफुहरुले एक बर्ष भन्दा बढि समयसम्म उपचार गराएको र अहिले उनी सामान्य अवस्थामा रहेक मन्जुसाको भनाई छ । उनले भनिन्–‘कल्पनाले घरमा रहेकी आमालाई स्मरण गरेर नेपाल फर्किने ईच्छा व्यक्त गरेपछि उनलाई नेपाल फर्काउन कारितास नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका व्यवस्थापक जनक शर्मा मार्फत यहाँ सम्म आईपुगेका हौ ।’

bhumi-sanrakshyan

सात बर्ष पहिला कल्पना घरबाट हराएको तर जताततै खोजी गर्दा पनि फेला नपारेको दाई महेन्द्रले बताए । पहिले पनि मानसिक रुपमा स्वस्थ नभएकी कल्पनालाई कसैको लहलहैमा लागेर भारत पुरयाएको हुन सक्ने उनको भनाई छ ।
कल्पनाको थप उपचारका लागि चाहिने रकमको व्यवस्था गाउँपालिकाले गर्ने उपाध्यक्ष शाहीले बताईन् । सात बर्ष देखि हराएकी कल्पनालाई आफ्नै गाउँघरमा पुर्नस्थापना गर्न सहयोग गर्ने सवैलाई उपाध्यक्ष शाहीले, नेकपाका जिल्ला अध्यक्ष ढकविर राना, रेडक्रसका उपसभापति खम्बजंग शाह लगायतले धन्यवाद दिएका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya