May 10 - 2024, Friday२८ बैशाख २०८१, शुक्रबार

पोशाक विनै कार्यालय जान्छन् कर्मचारी

राजेन्द्र कार्की । जाजरकोट
सरकारले निजामति कर्मचारीका लागी कार्यालय समयमा निश्चित पोशाक तोकेको छ । तर जाजरकोटमा कार्यरत निजामति कर्मचारीले पोशाक नलगाएरै कार्यालय जाने गरेको पाईएको छ । स्थानिय प्रशासनले विहिवार गरेको सार्वजनिक सेवा प्रवाह र सुशासनको अवस्था बारे छड्के अनुममणमा ३० जना कर्मचारी तोकिएको पोशाक विनै कार्यालय गएको भेटिएको हो ।
संघिय सरकार मातहतका ५, प्रदेश सरकार मातहतका ६ र अन्य २ गरी १३ कार्यालयमा गरिएको अनुगमणमा २३ जना कर्मचारी अनुपस्थित भेटिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । विदा वा काज स्वीकृति नगराएर अनपस्थित ति कर्मचारीको हाजिरी रजिष्टरमा प्रशासनले रातो चिन्ह लगाएर र स्पस्टिकरण सोधिएको प्रजिअ बस्नेतले बताए । १३ कार्यालय मध्य ११ कार्यालयले नागरिक वडापत्र नराखेको र राखेपनि अद्याबधिक नगरेको, ५ कार्यालयले सुचना अधिकारी नतोकेको, ९ कार्यालयले सुचना अधिकारीको नाम, पद र सम्पर्क नम्बर नतोकेको, १० कार्यालयले मध्यपान, धुम्रपान र सुर्तीजन्य पदार्थ निषेध नलेको र ९ कार्यालयले म भष्ट्राचार गर्दिन र हुन दिन्न भन्ने ब्यहोराको प्रतिबद्धता सहितको ब्यानर नलेखेको पाईएपछि सवै कार्यालयमा सचेत गराएको बस्नेतले बताए ।
सेवा पारदर्शी, चुस्त र दुरुस्त राख्न सरकारले सरकारी कार्यालयमा उक्त कुराहरु अद्याबधिक गर्न निर्देशन दिने गरेको छ । तर लापरवाहीले गर्दा सदाचार निति लागु हुन नसकेको प्रजिअ बस्नेतले बताए । उनले भने ‘मैले कडा निर्देशन दिएको छु । विदा स्वीकृति नगरेर कार्यालय छाड्न नहुने, पोशाक अनिवार्य लगाउन, कार्यालयमा नागरिक बडापत्र सेवाग्राही सवैले देख्ने गरी राख्न, सुचना अधिकारीको ब्यवस्था गर्न लगायतका कुराहरु कडाईका साथ लागु गर्न निर्देशन दिएको छु ।’ साउन महिनामा धेरै जसो कार्यालय प्रमुख र कर्मचारी अनुपस्थित हुने गरेको स्थानिय प्रशासनको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad