जिल्ला प्रशासनमा स्तनपान कक्ष

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
जिल्ला प्रशासन कार्यालय जाजरकोटमा स्तनपान कक्ष स्थापना गरिएको छ । विश्व स्तनपान सप्ताहको अवसर पारेर सेवाग्राही आमाहरुलाई सजिलोका लागी प्रशासनमा स्तनपान कक्षको स्थापना गरिएको हो ।
. दैनिक प्रशासन कार्यालयमा नागरिकता , राहदानी र विभिन्न सिफारिस लिन आउने सर्वसाधारणको भिड लाग्ने गर्दछ । स्तनपान कक्ष नहँुदा सुत्केरी आमाहरुलाई समस्या भएपछि स्थानिय प्रशासनले स्तनपान कक्षको स्थापना गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
केही समय अघि नै स्तनपान कक्ष स्थापना गर्न खोजेपनि कोठा अभावमा सम्भव भएको थिएन । भवनको मर्मत पछि स्तनपान कक्ष स्थापना गर्न सहज भएको प्रजिअ बस्नेतले बताए । स्तनपान कक्षको स्थापनाले प्रशासन र सेवाग्राही बीच सम्वन्ध समधुर हुने उनको भनाई छ । स्तनपान कक्ष स्थापनाका लागी सुआहारा, सेभ द चिल्डे«न लगायतका संस्थाले सहयोग गरेका छन् । स्तनपान कक्षमा पोषण सम्बन्धि जानकारी मुलक सन्देश समेत टाँसिएको छ ।
स्तनपान कक्ष स्थापना भएको पहिलो दिन बुधवार आठ जना आमाले स्तनपान कक्षमा गएर वच्चालाई सहज तरिकाले दुध चुसाएका छन् । यस अघि दुध चुसाउन र आराम गर्ने ठाँउ नहुँदा बच्चा सहितका आमाहरुलाई निकै समस्या हुने गरेको थियो । आफुहरुलाई स्तनपान कक्ष स्थापना पछि निकै सहज भएको भेरी नगरपालिका २ पानसरी पुनले बताईन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad