April 30 - 2024, Tuesday१८ बैशाख २०८१, मंगलवार

पशुपालन किसानलाई बारेकोटले गोठालो भत्ता दिने

राजेन्द्र कार्की । जाजरकोट

आगामी साउन देखि बारेकोट गाँउपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । १० भन्दा बढी भैसी र एक सय भन्दा बढी भेडावाख्रा पाल्ने किसानलाई गोठालो भत्ता दिन लागिएको हो ।

आगामी आर्थिक बर्ष ०७९÷८० को निति तथा कार्यक्रम र बजेट मार्फत प्रती परिवार मासिक दुई हजारका दरले गोठालो भत्ताको ब्यवस्था गर्न लागिएको गाँउपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । ब्यवसायिक पशुपालन तर्फ किसानलाई अभिप्ररित गर्न गोठालो भत्ताको ब्यवस्था गरिएको उनले बताए । बारेकोटमा पशुपालनको प्रचुर संभावना गरेको छ । धेरै जसो भैसी तथा भेडाबाख्रा पालक किसानहरुले बर्षातको समयमा चरनका लागि पशुबस्तु पाटन तिर लैजाने गरेका छन् । बारेकोटको माथिल्लो भुभाग र जुम्लाको सिमानामा पर्ने पाटनमा यतिवेला हजारौको संख्यामा भेडाबाख्रा र सयौको संख्यामा गाईभैसी लैजाने गरिएको छ ।

गोठालो भत्ता दिने निर्णय गरेपछि लामो समय देखि पशुपालन गदै आएका किसान उत्साहित भएका छन् । बारेकोटमा ब्यवसायिक पशुपालन गर्ने किसानको संख्या पाँच दर्जन बढी रहेको अनुमान छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad