बारेकोट गाँउपालिकाले हरेक बर्ष साझेदारीमा डाक्टर र इन्जिनियर पढाउने

राजेन्द्र कार्की । जाजरकोट

बारेकोट गाँउपालिकाले हरेक बर्ष एक जना डाक्टर र एक जना इन्जिनियर उत्पादन गर्ने गरि साझेदारीमा आवश्यक शैक्षिक अनुदान दिने भएको छ ।
दुर्गम बारेकोटमा स्थानिय डाक्टर नहुँदा स्वास्थ्य संस्थामा डाक्टर नबस्ने समस्या छ । गाँउपालिका भित्रका युवाहरुलाई डाक्टर पढ्न आर्थिक सहयोग गरेर प्रोत्साहित गरि जनशक्ति बृद्धि गर्न साझेदारीमा हरेक बर्ष एमविविएस डाक्टर पढ्ने विद्यार्थीलाई अनुदान दिईनेछ । त्यस्तै ईन्जिनियर अर्थात विई पढ्न चाहने विद्यार्थीलाई पनि साझेदारीमा आवश्यक छात्रबृत्तिको ब्यवस्था गरिने भएको अध्यक्ष विरबहादुर गिरीले बताए ।

त्यस्तै ४० बर्ष माथिका अविवाहित पुरुषलाई एकल पुरुष सरह भत्ताको ब्यवस्था, विदुर पुरुषलाई भत्ता, पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने, गाँउपालिकामा आगामी बर्ष स्नातक तहको क्याम्पस र बहुप्राविधिक शिक्षालय स्थापना, एक वडा एक उत्पादन, सिल्पाचौरमा होमस्टे स्थापना र संचालन, आइटीपार्क स्थापना, बारेकोटमा नुन डिपोको स्थापना, रोजगार बैकको स्थापना र सुपथ पसल स्थापना गरिने आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरी, स्थानिय पाठ्यक्रम निर्माण गरि कार्यान्वयन गर्ने, चार वटा आधारभुत तहका विद्यालयलाई आइटी सहितको नमुना विद्यालय बनाउने, रंगशाला निर्माण गर्ने, एक घर एक धारा निर्माण, वडामै अपाङ्ग परिचयपत्रको ब्यवस्था मिलाउने, सडकको स्तरोन्नती गरि सडक नपुगेका वडा र गाँउमा सडक पुरयाउने लगायतका थुप्रै लोकप्रिय कार्यक्रम अघि सारिएको छ । बारेकोटको १५ औ गाँउसभामा अध्यक्ष गिरीले निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

bhumi-sanrakshyan

बारेकोटले आगामी बर्षको बजेट साढे ४६ करोड रुपैयाको विनियोजन गरेको छ । गाँउपालिका उपाध्यक्ष नरबहादुर गिरीले गाँउ सभामा ४६ करोड ४१ लाख ९२ हजार रुपैयाको बजेट प्रस्तुत गरेका हुन् । उक्त बजेट, निति तथा कार्यक्रम गाँउ सभाले पारित समेत गरिसकेको छ ।

Prof Copy वार्षिक नीति तथा कार्यक्रम २०७९-०८०

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya