लागु पदार्थ विरुद्ध स्कुले विद्यार्थीलाई सचेतना

राजेन्द्र कार्की । जाजरकोट
पछिल्लो समय लागु पदार्थ दुब्र्यसनीमा अधिकाँश स्कुले विद्यार्थी फस्दै गएपछि यस विरुद्ध सचेतना अभियान थालिएको छ । जाजरकोटका प्रहरी प्रमुख डिएस्पी सन्तोष निरौला आपैm विद्यालयमा पुगेर विद्यार्थीलाई लागु पदार्थ दुब्यसनी विरुद्ध सचेतना दिन थालेका छन् ।

जिल्लाका धेरै विद्यालयमा आफै पुगेर डिएस्पी निरौलाले विद्यार्थीलाई लागुऔषध उत्पादन, सेवन, विक्रिवितरण तथा ओसारपसार र दुरुपयोग सम्बन्धी सचेतना कक्षा दिदै आएका छन् । आईतवार मात्र अन्र्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसर पारेर स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा त्रिभुवन मावि खलंगाका दुई सय बढी छात्रछात्रालाई लागु औषधबाट हुने शारिरीक, मानसिक तथा सामाजिक असरबारे डिएस्पी निरौलाले प्रशिक्षण दिएका छन् । कुलतमा कोही पनि बालबालिका नफसुन भनेर आफुले दुब्यसनी विरुद्धको सचेतना अभियान नै थालेको डिएस्पी निरौलाले बताए । सरोकारवाला सँगको सहकार्यमा यो अभियानले सार्थकता पाउने उनको विश्वास छ ।

पछिल्लो समय १२, १३ बर्ष माथिका युवाहरुमा लागु पदार्थ सेवन गर्ने कुलत देखिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कडेलले बताए । लागुपदार्थको कुलतले ब्यक्ति स्वय, घरपरिवार र समाजलाई नै अपाङ्ग सरह बनाइदिने भएकोले बेलैमा सरोकारवाला सवै सचेत हुनु पर्ने उनको भनाई छ ।

bhumi-sanrakshyan

जाजरकोटमा लागु पदार्थको मुख्य स्रोतको रुपमा रहेको गाँजा र अफिम खेती हुने गरेको छ । प्रहरीले गाँजा र अफिमका बोट नै नष्ट गर्ने अभियान चलाएपनि लुकीछिपी यसको खेती गर्ने परम्परा हट्न सकेको छैन ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya