March 1 - 2024, Friday१७ फाल्गुन २०८०, बिहीबार

कुशे नेपालकै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको कुशे गाँउपालिकालाई देशकै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको छ । आवश्यक सवै सुचकहरु पुरा भएपछि गाँउपालिकालाई शुक्रवार एक विशेष कार्यक्रमको आयोजना गरेर अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको हो । कर्णाली प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले उक्त घोषणा गरेका हुन् । उनले कुशेले गरेको यो अभ्यास कर्णालीका अन्य जिल्ला र पालिकाले पनि अनुसरण गर्नु पर्ने बताउँदै असल कामका लागि कुशेवासीलाई बधाई तथा शुभकामना दिए ।

 

अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ अनुसार वि.सं २०८५ सम्म सबै नागरिकलाई आधारभूत तह सम्मको शिक्षामा पहुँच पु¥याउने व्यवस्था उल्लेख गरिएको छ ।
कुशे गाउँपालिकाका ४ देखि १२ बर्ष उमेर समुहका सवै बालबालिका विद्यालयको पहँुचमा आएका छन् । प्रारम्भिक बालविकास देखी कक्षा ८ सम्म जम्मा ७ हजार ४ सय ८४ जना सवै बालबालबालिकाहरुलाई कुशे गाउँपालिकाले अनिवार्य तथा निः शुल्क शिक्षा प्रदान गरिरहेको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । विद्यालयको पहुँच बाहिर रहेका ९६ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरिएको, अपाङगता भएका ९ जना बालबालिकाहरुलाई घरमै विद्यालय शिक्षा कार्यक्रम संचालन गरिएको, ८ जना अपाङगता भएका बालबालिकाहरुलाई जिल्ला भित्र र जिल्ला बाहिरका स्रोत विद्यालयहरुमा पढ्ने सुनिश्चितता गरिएको छ । सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाको सहयोगमा गाँउपालिकाले नेपालमै पहिलो अनिवार्य तथा निःशुल्क शिक्षा र विद्यालय शान्ति क्षेत्र पालिका कार्यान्वयनमा ल्याएको हो ।
विद्यालय शिक्षालाई प्रभावकारी बनाउन कुशे गाउँपालिकामा रहेका ५५ वटै विद्यालयमा गाउँपालिका अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिच २७ वुंदे विद्यालय संचालन तथा व्यवस्थापनको लागि सम्झौता, शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयका प्रधानाध्यापकहरु संग कार्यसम्पादन करार सम्झौता कार्यान्वयन गरिरहेको र प्रधानाध्यापकहरुले विद्यालय शिक्षकहरु संग कार्यसम्पादन करार सम्झौता गर्ने गरि कार्य अगाडि वढिरहेको छ । गाउँपालिका, वडा तथा विद्यालय स्तरमा विद्यालय शान्ति क्षेत्र कार्यान्वयन कार्यक्रमहरु संञ्चालन गरि सबै तहवाट प्रतिबद्धता गरी कार्यन्वयन भैरहेको अध्यक्ष बस्नेतले बताए ।


गाँउपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख जनकबहादुर शाहले सबै विद्यालयहरुलाई विद्यालय शान्तिक्षेत्रको रुपमा घोषणा गरिएको बताए । उनका अनुसार घर, समुदाय र समाजमा बालबालिकाहरु माथी कुनै पनि प्रकारको हिंसा नगर्ने कुरामा सबै अभिभावहरुले प्रतिवद्धता गरेका छन् । गरीब, विपन्न परिवार, एच.आई. भी एड्स बाट संक्रमित तथा प्रभावित परिवारका बालबालिका, द्घन्द पिडित, टुहुरा बालबालिकाहरुलाई विद्यालयमा टिकाई राख्न त्यस्ता परिवारका बालबालिकालाई थप सहयोगका कार्यक्रमहरु विस्तार गर्नको लागी पहल गरिने छ । अपाङ्गताका कारण नियमित विद्यालयमा गई पठनपाठन गर्न नसक्ने बालबालिकाहरुका लागी जसरी हाल घरमै विद्यालयको व्यवस्था गरिएको छ, यस कार्यक्रमलाई निरन्तरता दिइने छ । आगामी दिनहरुमा विद्यालयका भौतिक पूर्वाधारहरु बालमैत्री, अपाङ्गतामैत्री बनाउनमा जोड दिइनेछ र समावेशी शिक्षालाई प्रर्वद्धन गरिनेछ । बालबालिकाहरुलाई घर, विद्यालय, समुदाय र समाजमा कुनै पनि प्रकारको हिंसा गरिने छैन र यस प्रकारका हिंसाहरुलाई निरुत्साहित गरिनेछ ।

अनिवार्य आधारभूत शिक्षा कार्यक्रमलाई बालबालिकाको विद्यालय छोड्ने दर शुन्य बनाउने, कक्षा दोहो¥याउने दर घटाउने, उत्तिर्ण दर बढाउने, टिकाउ दर बढाउने र तह पारगर्ने दर बढाउने, बालअधिकारको सुनिश्चितता गर्ने कदमको रुपमा लिईएको शिक्षा शाखा प्रमुख शाहले बताए । कुशे गाउँपालीको शिक्षा ऐन २०७५, अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५, शिक्षा नीति तथा रणनीतिक योजना २०७७ र प्रारम्भिक बालविकास एकीकृत नीति तथा रणनीति योजना २०७७–२०८२ निर्माण गरि कार्यान्वयनमा ल्याईएको उनले बताए ।


“अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा, कुशे बासीहरुको इच्छा” भन्ने मुल नाराका साथ भएको घोषणा कार्यक्रममा विभिन्न झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले घोषणा पत्र, निमित्त प्रमुख प्रशासकिय अधिकृत लालभक्त शाहीले प्रगति विवरण र शिक्षा शाखा प्रमुख जनकबहादुर शाहले कार्यप्रगति विवरण पेश गरेका थिए । कार्यक्रममा अभियानलाई सहयोग गर्ने सरोकारवालाहरुलाई कदरपत्र द्धारा सम्मान गरिएको थियो ।decletration 2080 edu

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad