निजामति सेवा दिवसको अवसरमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

राजेन्द्र कार्की । जाजरकोट
निजामति सेवा दिवस, २०८० को अबसरमा जाजरकोटमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

“व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्वि र सुशासन” भन्ने मूल नाराका साथ जिल्ला स्थित राष्ट्रसेवक निजामति कर्मचारीहरूले दिवसको अवसरमा सदरमुकाम खलंगाको गैरीखाली देखि थाप्ले सम्म प्रभातफेरी कार्यक्रम गरेका थिए । प्रभातफेरी लगत्तै भेरी नगरपालिका ३ थाप्लेमा रहेका नेपाल आमा अनाथाश्रम र बालबालिका उद्दार केन्द्र मा रहेका ४८ जना वालबालिका(बिधार्थि)लाई शैक्षिक सामाग्रिहरू(झोला ,कापि ,कलम र टिसर्ट ) तथा सरसफाइ सामाग्रिहरू वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शुरेश सुनार समुपस्थितिमा विद्यार्थीलाई आश्रममै पुगेर शैक्षिक सामग्री हस्तान्तरण गरिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय जाजरकोटका प्रमुख रमेश मल्लले बताए । अनाथाश्रम र उद्धार केन्द्रमा विपन्न, आमाबाबु गुमाएका र साहाराविहिन बालबालिका बस्ने गर्दछन् ।

निजामति सेवा दिवसकै अवसर पारेर बारेकोट गांउपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारी योगेन्द्र सिंहकी धर्मपत्निको गत १७ गते चट्याङका कारण भएको असमायिक निधन प्रति दुःख एवंम श्रद्धाञ्जली ब्यक्त गर्दै जिल्लामा कार्यरत राष्ट्रसेवक निजामति कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको को एक लाख नौ हजार आठ सय पचहत्तर रुपैया सहयोग स्वरूप निज कर्मचारी योगेन्द्र सिहको खातामा हस्तान्तरण गरिएको सामाजिक विकास कार्यालयका प्रमुख यज्ञश्वर खत्रीले बताए ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya