May 9 - 2024, Thursday२७ बैशाख २०८१, बिहीबार

केसीको पहलमा एनआरएन अमेरीका द्धारा जाजरकोटका विपन्न वालवालिकालाइ पढाइ समाग्री सहयोग

प्रवाह संवाददाता । जाजरकोट
गैरआवासीय नेपाली संघ अमेरीकाको आर्थिक सहयोग र जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्वयमा जाजरकोटका ३ सय ३२ विद्यार्थीहरुलाइ विद्यालय पोषाक, झोला लगाएतका पढाइमा सहयोग पुग्ने सामाग्रीहरु सहयोग गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष जनक केसीको प्रस्ताव र पहलमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान मार्फत एनआरएन अमेरीकाले उपलव्ध गराएको आर्थिक सहयोगले व्यवस्था गरिएको किताव कापी वोक्ने झोला, विद्यालय पोषाक र कापी कलम शुक्रवार खलंगामा आयोजित एक विशेष कार्यक्रमका विच कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले विद्यार्थीहरुलाइ हस्तान्तरण गरे ।

भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँ स्थित भेरी प्राविमा आयोजना गरिएको विशेष कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सिंहले स्कुले वालवालिकाहरुलाइ कापी कलम राखिएको झोला वोकाउदै विद्यालय पोषाक हातमा राखिदिएर सामाग्री हस्तान्तरण कार्यक्रमको सुरुवात गरेका थिए ।

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भेरी नगरपालिकाका विभिन्न ६ वटा विद्यालयका विद्यार्थीहरु एनआरएन अमेरीकाको सहयोगमा प्रतिष्ठानले उपलव्ध गराएका सामाग्रीहरु लिन भेरी प्राथमिक विद्यालयमा वालवालिकाहरुको आफना शिक्षक तथा अभिभावकहरु सहित उपस्थित भएका थिए ।

पढाइ सहयोग सामाग्रीहरु वितरण कार्यक्रमा वोल्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री वेदराज सिंहले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्वयमा अमेरीकामा वस्ने नेपालीहरुको सँस्था गैरआवासीय नेपाली संघले जाजरकोटी वालवालिकाहरुको लागि गरेको सहयोग निकै महत्वपुर्ण रहेको वताए । उनले सामाजिक तथा आर्थिक रुपमा विपन्न समुदायका विद्यार्थीहरुलाइ विद्यालय सम्म सहज रुपमा पुग्नका लागि एनआरएनले गरेको सहयोग र प्रतिष्ठानको समन्वयले ठुलो भुमिका खेल्ने विस्वास व्यक्त गरे ।

विदेशमा वसेर पनि नेपाली माटो र जाति प्रति गहिरो माया देखाउने अमेरीकावासी नेपालीहरुलाइ सम्मान व्यक्त गर्दछु, मन्त्री सिंहले भने । यस्तै कार्यक्रममा संविधान सभाका सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अतहर कुमाल मुसलमानले भविष्यका वालवाकिलाहरुका लागि पढाइमा सहयोग गर्ने उद्दस्यले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्वय र एनआरएन अमेरीकाले गरेको सहयोग निकै प्रशंसनीय रहेको वताए ।

उनले जनताको शिक्षा र स्वास्थ्यको अधिकार सुनिस्चित गर्न सरकारी तथा गैरसरकारी पहल सार्थक हुनु पर्ने वताए ।यस्तै प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले सामाजिक तथा आर्थिक विपन्नताले विद्यालय सम्म पुग्न समस्या भोगिरहेका वालवालिकाहरुलाइ सहयोग गर्न जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको पहल र एनआरएनको योगदान निकै महत्वपुर्ण र सराहनीय रहेको वताए । यस्तै भेरी नगरपाकिलाका कार्यवाहक नगरप्रमुख सीता जैसीले वालवालिकाको शिक्षा र स्वास्थ्य प्रति सवै सरोकारवालाहरु सचेत र जिम्मेवार हुन पर्ने वताइन् ।
एनआरएन अमेरीका र जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गरेको पहलले सवै सरोकारवालाहरुलाइ झकझकाएको उनले वताइन् ।
कार्यक्रममा सहभागि विद्यालयको तर्फवाट भेरी प्राथमिक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रीता पुन र रामजानकी प्रावि इउरीका प्रधानाध्यापक अच्युतप्रसाद शर्मा एनआरएनको सहयोग र विद्यालयका समस्यावारे आपनो धारणा राखेका थिए भने जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानकी कोषाध्यक्ष शोभा सिंहले स्वागत मन्तव्य राखेकी थिइन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सिंह, संविधान सभा सदस्य मुसलमान, प्रमुख जिल्ला अधिकारी सुनार,भेरी नगरपालिकाका कार्यवाहक प्रमुख जैसी,कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंह, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दिपेन्द्र शर्मा, नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष वालकुमार शर्मा, जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसी, नेपाल प्रेस युनियन जाजरकोटका अध्यक्ष वासुदेव शर्मा, नेपाल पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष सहदेव वस्नेत, प्रेस चौतारी नेपाल जाजरकोटका सचिव रेशमवहादुर खड्का, भेरी नगरपालिका वडा नम्वर ३का वडाध्यक्ष लिलावहादुर शाह, ४ का वडाध्यक्ष वसन्तप्रसाद शर्मा, ६ का वडाध्यक्ष शसी वुढा, २का वडाध्यक्ष भीमवहादुर कार्की, ११ का वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्य, १३का वडाध्यक्ष यज्ञवहादुर वटाला, कुशे गाउँपालिका वडा नम्वर ९का वडाध्यक्ष शिवराज गिरी, पत्रकार रामकुमार शाही, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, व्यवस्थापन समितिका अध्यक्षहरु, अभिभावकहरु, सर्वसाधारणहरु र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा जाजरकोटी वालवालिकाहरुको पढाइ सहयोगका लागि महत्वपुर्ण योगदान गरेको भन्दै प्रतिष्ठान र विभिन्न ६ वटा विद्यालयका तर्फवाट एनआरएन अमेरीकालाइ सम्मान पत्र पनि प्रदान गरिएको प्रतिष्ठानका सचिव प्रचन्डजंग शाहले वताए । उनले उक्त सम्मानपत्रहरु कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री वेदराज सिंह मार्फत पठाइएको पनि वताए ।

जाजरकोटका विभिन्न समुदायका वालवालिकाको पढाइमा सहयोग गर्न आफुहरुको प्रस्तावमा गैरआवासीय नेपाली संघ अमेरीकाले प्रतिष्ठान मार्फत ५ हजार डलर अर्थात नेपाली ६ लाख ४१ हजार ४ सय ३४ रुपैयाले उपलव्ध गराएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले वताए । उनले उक्त रकमले ३ सय ३२ जना विद्यार्थीहरुका लागि किताव वोक्ने झोला, विद्यालय पोषाक तथा कापी कलमको व्यवस्था गरेर हस्तान्तरण गरिएको वताए ।

उनका अनुसार कार्यक्रमाम कालिका आधारभुत विद्यालयडिंगा, हनुमान प्राथमिक विद्यालय थाप्ले, विजय प्राथमिक विद्यालय स्याँला, नरज्योति प्राथमिक विद्यालय कल्याणपुर, रामजानकी प्राथमिक विद्यालय इउरी र भेरी प्राथमिक विद्यालय रानागाउँका विद्यार्थीहरुलाइ उक्त सामाग्रीहरु वितरण गरिएको छ ।

गैरआवासीय नेपाली संघ अमेरीकाको सहयोग जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान मार्फत वालवालिका सम्म पुरयाउन जाजरकोटका पुर्व सहायक प्रमुख जिल्ला अधिकारी टुकप्रसाद रेग्मी, भेरी नगरपालिका वडा नम्वर ४ सालघारी घर भइ अमेरीकामा वस्ने सुरेशजंग शाहले विशेष भुमिका निर्वाह गरेको अध्यक्ष केसीले वताए । यस्तै एनआरएन अमेरीकाका निवर्तमान अध्यक्ष वुद्धि सुवेदी, वरिष्ठ उपाध्यक्ष कृष्णजिवि पन्थ र कोषाध्यक्ष राजीव श्रेष्ठले पनि महत्वपुर्ण सहयोग गरेको अध्यक्ष केसीले वताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad