April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

‘सम्पतिको नाममा एउटा पाखोवारी मात्र छ छोरीको उपचार कसरी गरुँ ?’

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट भेरी नगरपालिका ७ पुन्माका वीरबल कामीकी १४ बर्षिया छोरी कमला वि.क.को नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ यद्यपी, उपचारमा दिनहुँ हजारौ रुपैया खर्च हुन थालेपछि वीरबल निकै तनाबमा छन् ।

उनलाई गत जेठ ८ गते एक्कासी पेट दुख्न थालेपछि उपचारका लागि मेसिन अस्पताल चौरजहारी लगिएको थियो । चौरजहारीले आन्द्रामा समस्या देखिएको भन्दै सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरिदिएको थियो । रेफर पछि कोहलपुर लगिएकी उनको आइसियुमा राखेर उपचार भैरहेको छ । दैनिक ४० हजार रुपैया सम्म खर्च हुन्छ । ‘घरबाट आउँदा साहुबाट ऋण काढेर ल्याएको केही रकम थियो सवै सकियो । अहिले म सँग एक सुको पैसा छैन । अहिले मलाई न साहुले ऋण पत्याउँछन् । अव थप उपचार कसरी गरुँ ? ।’
सम्पतीको नाममा वीरबलको सानो एउटा पाखोवारी छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका उनी जवान हुन थालेकी छोरीको उपचारमा लाखौ रकम खर्च हुने भएपछि निकै चिन्तामा परेका छन् । साहुले पत्याउने भए ऋण काढेर पनि छोरीको उपचार गर्थे तर धेरै ठाँउ हारगुहार गरे कसैले पत्याएनन् । म अव के गरुँ ? छोरीको उपचार कसरी गरुँ ? उनले दुखित हुँदै भने ‘कसैले सहयोग गरिदिए मेरी छोरीको ज्यान बच्ने थियो म उसलाई बचाउन चाहन्छु ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad