April 27 - 2024, Saturday१५ बैशाख २०८१, शनिबार

भेरी नगरपालिकामा बालमैत्री कार्यक्रम प्रभावकारी बन्दै

प्रवाह संवाददाता । जाजरकोट

भेरी नगरपालिकामा बालमैत्री कार्यक्रम प्रभावकारी बन्दै गएको छ । भेरी नगरपालिकाले आफ्नो पालिकाको हाल सम्मको बालमैत्रि स्थानीय शासन अभियान कार्यान्वयनको अवस्थावारे समिक्षा कार्यक्रममा सरोकारवालाहरुले बालमैत्री कार्यक्रम प्रभावकारी भएको बताएका छन् । गत चैत ८ र ९ गते भेरी नगरपालिकाका कार्यपालिका सदस्यहरु र सरोकारवाला हरुका विच समिक्षा गर्नुका साथै आवस्यक अभिमुखिकरण गरेको हो । उक्त कार्यक्रममा सम्पुर्ण सहभागिहरुले बालमैत्री अभियानमा लाग्ने प्रतिवद्धता समेत गरेका छन ।
भेरी नगरपालिकाको आयोजना र वल्र्ड भिजन इन्टरनेशनल , पाँचतारा युवा संरक्षक मंचको प्राविधिक सहयोगमा दुई दिने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हाल सम्म गरेको प्रगतिको वारे बालअधिकार विज्ञ राजेन्द्र विक्रम शाहले समिक्षा गर्नु भएको थियो । कार्यक्रममा स्थानीय साझेदार संस्थाहरु युवा जागरण विकास केन्द्र नेपाल( यार्सन) जाजरकोट , पहाडी क्षेत्र विकास अभियान, पाँचतारा युवा संरक्षक मंच, शहिद स्मृति युवा क्लव, महिला अधिकार मंच र वहुआयामिक विकास तथा अध्ययन मंचले पनि आफुले बालमैत्रि अभियानमा गरेका क्रियाकलाप र सफल अभ्यासहरु वारे अनुभव आदान प्रदान गरेका थिए ।

कार्यक्रममा वल्र्ड भिजनका वकालत व्यवस्थापक श्याम अधिकारी, राष्टिय बालमैत्रि स्थानीय शासनका हरीवोल आचार्य र मुकेस पन्त ले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, नगरकार्यपालिकाका सदस्यहरु, भेरी नगरपालिकाका विषयगत साखा प्रमुखहरु लाई स्थानीय स्तरमा योजना तर्जुमा गर्दा वालमैत्री अभियानलाई केन्द्रमा राखेर अगाडि वढ्न आग्रह गरिएको थियो ।
अभिमुखीकरणमा बालमैत्री स्थानीय शासनका चरणहरु, समिति संरचना,जिम्मेवारी र लगानिका क्षेत्रहरु,लगाननी योजना, अभिलेख व्यवस्थापन, आदीवारे सहभागिहरु लाई छलफल गरायएको थियो ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तिले अवको पुस्ता सक्षम वनाउनका लागि हामी सवैले वालवालिकाको क्षेत्रमा लगानि वढाउने प्रतिवद्धता गर्नु भएको थियो । कार्यक्रममा आगामि आर्थिक वषर््ाको लागि सनचालन गरिने कार्यक्रमको कार्यायोजना समेत निर्माण गरिएको छ । यस अभिमुखीकरणले सवै लाई वालवालिका प्रति को लागानि गर्नलाई सचेतना अभिवृद्धि गराएको पाँचतारा सुवा संरक्षक मंचका कार्यक्रम संयोजक सवरेन्द्र चौधरीले जानकारी दिनु भयो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad