March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

जाजरकोटका ग्रामिण भेकमा टेलिफोन सेवा अवरुद्ध

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट जिल्लाको बारेकोट, नलगाड र कुशे गाउँपालिका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध छ । मंगलवार राती नेपाल टेलिकमको जाजरकोट स्थित मछाइना टावरमा चट्याङ परेपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।

टेलिफोन सेवा अवरुद्ध भएपछि संचार सुविधाबाट स्थानीय बञ्चित भएका छन् । टावरमा चट्याङ्गले क्षति पुरयाएपछि जिल्लाका ग्रामिण भेकको सञ्चार सम्पर्क विच्छेद भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए । सुर्खेत बाट प्राविधिक टोली जाजरकोट तर्फ आईरहेकोले छिट्टै समस्या समाधान हुने उनको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad