April 27 - 2024, Saturday१४ बैशाख २०८१, शुक्रबार

अगुवा कृषकलाई प्रविधि हस्तान्तरण सम्वन्धि अभिमुखीकरण

बासुदेव शर्मा । जाजरकोट

कृषि अनुसन्धान निर्देशनालय कर्णाली प्रदेश दशरथपुर सुर्खेतको आयोजना रुकुम पश्चिम र जाजरकोटका अगुवा कृषक र कृषि शाखाका प्रमुखलाई धान गहुँ, मकै तथा आलु बालीका वारेमा अगुवा कृषि र कृषि शाखाका प्रमुखलाई नयाँ प्रविधि हस्तान्तरण गर्न कार्यक्रम गरिएको हो ।
धान, गहुँ मकै, आलु बालीका नबिनतम प्रविधि सम्बन्धि जानकारी दिने उद्धेश्यले जाजरकोटका भेरी र नलगाड नगरपालिका, रुकुम पश्चिमका चौरजहारी नगरपालिका र सानोभेरी गाउँपालिकाका अगुवा कृषक कृषि शाखाका प्रमुखलाई नयाँ प्रविधि प्रचार प्रसार गरि किसान सम्म पुरयाउन कार्यक्रमको आयोजना गरेको निर्देशनालयका निर्देशक अमर पुनले बताउनु भयो ।

नेपाल कृषि अनुसन्धान परिषद नार्क द्धारा विकसित धन, गहुँ, मकै र आलु बालीका लगाउने तरिका, जात, रोग किरा तथा मलखाद व्यवस्थापन सम्बन्धि कृषि अुनसन्धान निर्देशनालय सुर्खेतका निर्देशक अमर पुनले सहभागी अगुवा कृषक कृषि शाखाका प्रमुखहरुलाई प्रकाश पार्नु भएको थियो ।
कृषि पेशामा संलग्न व्यवासयीक किसानलाई आत्मनिर्भर गरि पेशा प्रति उत्प्रेरण जगाउन किसानले परिश्रम गरेपनि मल, पानी, रोग किरा मलखादको सहि तरिकाले व्यवसस्थापन नगर्दा उत्पादनमा कमि आउने गरेको निर्देशक पुनले बताउनु भयो ।

जाजरकोट पश्चिम रुकुमका भेरी आसपास र तराई देखि उच्च हिमाल सम्म खुमल उज्ज्वल जातको आलुले हुने भएकाले डढुवा सहने, भाईरस एक्स, र वाई प्रतिरोधी उपयुक्त जात एक सय देखि एक सय २० दिनमा आलुले दाना दिने भएकोले खुमल उज्ज्वल रोप्न अनुरोध गर्नु भयो ।
आलु खेतीमा रोग किराको उपचार,रोग रहित पि बि एस बीउ उत्पादन रास्तिक स्टोरमा आलु भण्डारण गर्ने बिधिका बारेमा निर्देशक पुनले जानकारी गराउनु भयो । तराई तथा भित्रि मधेशका लागी सिफारिस गरिएका गहुँका जात, मलखाद व्यवस्थापन, गहुमा लाग्ने विभिन्न रोग, रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने प्रक्रियाका बारेमा जानकारी दिनु भएको थियो ।

धानको उम्मोचित जात, लगाउने तरिका, धानमा लाग्ने प्रमुख रोग मरुवा, खैरो थोप्ले रोग, कालोपोके, खैरा रोेग व्यवस्थापन गर्ने विधिका बारेमा प्राबिधिक अधिकृत केशवराज पोख्रेलले प्रकाश पार्नु भएको थियो ।
मकै बालीका लागी सिफारिस भएका जात, मकैमा लाग्ने गवारो कीराको व्यवस्थापन, बर्षे र बसन्ते मकै लगाउने समय गवारो अवरोधक जातको छनौट जैबीक विषादी प्रयोग, परजिवि कीरा, रासायनिक बिषादी प्रयोग गर्ने तरिका, मकै भण्डारणमा लाग्ने कीरा व्यवस्थापनका लागी बनस्पतिक विषादी, हरमेटिक व्यागको प्रयोग, रासायनिक बिषादी, मलखाद व्यवसथापन युरिया, डिएपी, पोटास,जिंक मकै बालीमा प्रयोग गर्ने विधि प्रक्रियाका वारेमा अगुवा किसानलाई कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालले जानकारी गराउनु भयो ।

 

कृषि बिकास कार्यालयका प्रमुख रविन धिताल, प्रधानमन्त्री आधुनिकिकरण परियोजनका प्रमुख दिपेन्द्र पोख्रेल, कृषि क्षेत्र विकास कार्यक्रमका प्रमुख सुरज भारतीको आतिथ्यता र कृषि अनुसन्धान निर्देशनालय सुर्खेतका निर्देशक अमर पुनको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन निर्देशनालयका प्राविधिक सहायक डिबी केसीले गर्नु भएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad