राजेन्द्र कार्की । जाजरकोट
एनआइसी एसिया बैकले सामाजिक उत्तरदायित्व अन्र्तगत जाजरकोटमा विपन्न विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । त्रिभुवन मावि खलंगा जाजरकोटमा कक्षा ७ मा अध्ययनरत छात्रा दिना विकलाई २० हजार रुपैया छात्रबृत्ति प्रदान गरिएको हो ।
मंगलवार एक कार्यक्रमका विच बैकका कर्णाली प्रदेश प्रमुख राजन प्रसाद पोखरेलले छात्रबृत्ति प्रदान गरेका हुन् । दिनाका आमाबुवालाई साथमा राखेर २० हजारको चेक बैकका प्रदेश प्रमुख पोखरेलले चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा बैकका प्रदेश प्रमुख पोखरेलले सामाजिक उत्तरदायित्व अन्र्तगत कर्णालीका विभिन्न जिल्लामा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती दिने गरेका बताए ।
घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण पठनपाठनमा समेत समस्या परिरहेकी दिनाका लागि यो छात्रबृत्ति निकै महत्वपुर्ण रहेको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए । उनले छात्रबृत्ति प्रदान गरेकोमा बैकलाई धन्यवाद दिए । विहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्याले पिरोलिरहेको छ । छोरीलाई कपीकलम किन्ने पैसा समेत जुटाउन मुस्किल परिरहेका बेला बैकले छोरीलाई दिएको छात्रबृत्तिले निकै राहत मिलेको दिनाका बुवा सर्वजित विकले बताए । उक्त रकम छोरीकै पढाइमा खर्च गर्ने सर्वजितले बताए ।