जाजरकोटमा घट्यो ९० प्रतिशत मह उत्पादन

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको नलगाड नगरपालिका १, कल्पतका हरीबहादुर बुढाले गत बर्ष आठ सय ७५ किलोग्राम मह विक्रीबाट पाँच लाख बढी आम्दानी गरेका थिए । तर यसपालि मह उत्पादन नभए पछि उनी निरास भएका छन । त्यस्तै गत बर्ष तीन सय केजी भन्दा बढी मह उत्पादन गर्ने सोही ठाउँका हरीबहादुर पुनको ६० घार मौरीले २० केजी मह पनि लगाएन । पुनले व्यवसायी रुपमा मौरी पालन गर्दै आएका छन । तर आम्दानी घटेपछि उनी निरास छन । बुढा र पुन केहि प्रतीनिधी उदाहरण मात्र हुन । जिल्ला भर एक हजार एक सय भन्दा बढी किसानको समस्या उस्तै छ । ब्यबसायिक रुपमा मौरीपान गर्दै आएका किसान मह उत्पादन घटेपछि चिन्तित भएका छन् ।

गत असोज कात्र्तिक महिनामा धेरै पानी परेपछि चिउरी फुलको रस र अन्य फुलको रस बगाउदा मौरीलाई जिल्ला भर मह उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । मौरीलाई चरन क्षेत्रको अभाव, बनविनास, अतिक्रमण, जलवायु परिवर्तन लगाएत कारण मह उत्पादन घट्दै गएको हो । वेमौसमी बर्षातले मौरी क्षेत्रका चिउरी र अन्य सिजनल फुलहरुमा पानी जम्मा भएर रस बगाएर लिनु, विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधीक ज्ञानको कमीहुनु, आहारा नपाएर मौरी भाग्नु लगाएत समस्याले मह उत्पादन घटेको कृषि विकास कार्यालय जाजरकोटका सुचना अधिकारी टोपेन्द्र नेपालीले बताए । उनले भने–‘मौरी पालन क्षेत्रमा विषादी प्रयोग बढ्दै जानु, मौरी गोलालाई अरिङ्गाल लगायतका शिकारी जीवबाट आक्रमण हुनु, जलबायु परिवर्तनका कारण समयमा फुलहरु नफुल्नुले मह उत्पादन घटेको हो ।’

bhumi-sanrakshyan

wild honey
गतबर्ष प्रति केजी ६ सय मुल्य पर्ने मह यो बर्ष एक हजार रुपैया प्रतिकेजी हाल्दा पनि नपाउने अवस्था छ । उत्पादन घट्दा मुल्य बृद्धी भएको छ । मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान यो बर्ष निरास भएका छन् । सरकारले केही बर्ष देखि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत मौरी जोन मार्फत किसानलाई अनुदान तथा प्राविधिक सहयोग गदै आएको छ । तर मह उत्पादन भने बढ्नुको साटो घट्दै गएको छ । जाजरकोटमा करीव गत बर्षतिर करीब १० टन अर्थात १० हजार केजी मह उत्पादन हुने गरेकोमा यसबर्ष ९० प्रतिशत घटेर एक टन अर्थात एक हजार केजीको हाराहारीमा मात्र मह उत्पादन भएको कृषि प्राविधिक तथा कृषि विकास कार्यालयका सुचना अधिकारी नेपालीले बताए । उनका अनुसार जिल्लामा परम्परागत घार चार हजार दुई सय दुई, आधुनिक घार एक हजार नौ सय ४६, खोपे अर्थात घरको भित्तामा एक हजार ८४ गरि सात हजार हजार दुई सय २६ वटा घार रहेका छन् । यी घारमा करीव ९१ हजार चार सय २३ कजी अर्थात ९१ टन मह उत्पादन क्षमता रहेको भए पनि जलवायु परिवर्तनका कारण हरेक बर्ष मह उत्पादन घट्दो क्रममा रहेको निमित्त कार्यालय प्रमुख रबिन धितालले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya