कुशे गाँउपालिकाले खेलाडी कामनालाई ३० हजार नगद सहित सम्मान गर्ने

राजेन्द्र कार्की । जाजरकोट

बंगलादेशको ढाकामा हालै सम्पन्न एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपको उपाधि जिताउन सफल जाजरकोट निवासी कामना विष्टलाई कुशे गाँउपालिकाले ३० हजार पाँच सय ५५ रुपैया नगद सहित सम्मान गर्ने भएको छ । जाजरकोटकी चेली कामनाले अन्र्तराष्ट्रिय प्रतियोगिता जितेर देशको नाम राख्न सफल भएकोमा उनको थप हौसलाको लागि उक्त रकम सहित सम्मान गर्ने निर्णय गरिएको कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

जाजरकोट खलंगा निवासी हरिहर विष्टकी जेष्ठ सुपुत्री कामना स्थानिय त्रिभुवन माविमा स्कुले जीवन विताएकी थिइन । हरिहर समेत भलिबलका राष्ट्रिय खेलाडी हुन् । विद्यालय जीवनमै उत्कृष्ट खेलाडीको रुपमा स्थापित भैसकेकी कामना महेन्द्र पुलिस क्लब हुँदै राष्ट्रिय टीममा छनौट भएकी थिइन । घुडामा समस्या देखिएका कारण केही बर्ष खेल्न नपाएकी कामनाको यो पहिलो अन्र्तराष्ट्रिय खेल हो ।

bhumi-sanrakshyan

कामनाको खेल प्रतिभा र आगामी यात्राको सफलतामा हौसला र उर्जा दिन नेपाली काङ्ग्रेस जाजरकोटका तर्फबाट २१ हजार १ सय २१ नगद सहित सम्मान पत्र र दोसल्लाले सम्मान गर्ने निर्णय भएको नेपाली काङ्ग्रेस जाजरकोटका सभापति बेदराज सिंहले जानकारी दिनु भएको छ । पदक विजेता सवै खेलाडीलाई सरकारले जनही पाँच लाख रुपैया दिने निर्णय गरिसकेको छ । त्यस्तै कर्णाली सरकारले कर्णालीकी एक मात्र खेलाडी कामनालाई ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya