बस्ती स्तरका आयोजनालाई प्राथमिकता दिएका छौं ः कावा.अध्यक्ष आचार्य

lagu ausadhi biruddha abhiyan jajarkot

जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका ११ मेसुकोट निवासी नेकपा माओवादी (केन्द्र) लामो समय राजनीतिक संघर्ष गदै आउनु भएको जुनिचाँदे गाउँपालिका कार्यबहाक अध्यक्ष शिवा आर्चाय (बस्नेत) पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादीेबाट विजयी हुनु भएको हो । दश बर्षे जनयुद्धका क्रममा जुनीचाँदेका जनतासँग नजिक आचार्यको नेतृत्वमा रहेको जुनिचाँदे गाउँपालिको चार वर्ष सम्मको अवधिमा निर्वाचन क्रममा जनतासँग गरेका प्रतिबद्धता के कति पूरा भए र गाउँपालिकालाई समृद्ध र सुखी बनाउन आचार्यले के कस्ता कदम चाल्नु भएको छ यसै सेरोफेरोमा रहेर सहकर्मी सहदेव बस्नेतले कार्यवाहक अध्यक्ष आचार्य सँग गरेको कुराकानीको सार ः

१.स्थानीय तहमा निर्वाचित भएको चार वर्षको अवधिमा के के काम गर्नुभयो ?

अहिले तिन तहका बिकेन्द्रिकरण सरकारका अभ्यास भइरहेका छन् । हामि जुनीचाँदे गाउँपालिकामा निर्वाचित भए पछि गाउँपालिकाले धेरै कामहरु भएका छन । बिभिन्न ऐन, कानुन निर्माण गरेका छौं । गाउँपालिकालाई विकासमा अगाडी बढाउने क्रममा सम्पूर्ण विकासका पक्षहरुलाई ध्यान दिएका छौं । जस्तैः पूर्वाधार तर्फ प्रदेश सरकार र संघीय सरकार संग समन्वय गरी गाउँपालिका भित्रका ९ ओटा वडामा सडक ट्याक खोलेका छौं । यस्तै बिद्युतिकरणको सन्दर्भमा बिद्युतको ठेक्का प्रकृयामा अगाडी बढेको छ । खानेपानीको सन्दर्भमा हामीले सबै वडाहरुमा मुहान संरक्षण सबै टोलहरुमा खानेपानी सुविधा पुगिसकेको छ । तथापी नागरिकरुलाई एक घर एक धारा खानेपानी पु¥याउने योजना बनाएका छौं । पुराना अलपत्र परेका आयोजनाहरु ं साना सिचाइहरु अन्तिम टुगोमा ल्याउन सबै किसिमका मेहनत गरेका छौं । यस्तै शिक्षा क्षेत्रमा बिद्यालयहरुका दरबन्दी समायोजन, बिद्यालयका बिद्यार्थीहरुको संख्या हेरी बिद्यालय मर्ज गरेका छौं । सबै वडाहरुमा कर्मचारी पठाएका छौं । सबै वडाका नागरिकहरुलाई गाउँपालिका धाउने दिन अन्त्य गरेका छौं । यो चार बर्षको अवधिमा जुनिचाँदे गाउँपालिकाको बिकासको गति तिब्र गतिमा अगाडी बढाएका छौं ।

२.अहिलेसम्मको काम गराईबाट के कति सन्तुष्ट हुनुहुन्छ ?

काम गर्दै जाँदा बाहिर बाट अभिमत राख्न जति सहज छ त्यसको कार्यान्वयन गर्न निकै गाह्रो छ । मेरो कार्यकाल चार बर्ष पुरा गरी पाँचौें बर्षमा प्रबेश गर्दै गर्दा बिभिन्न चुनौतिको बिचमा काम गर्दै आएको छु । हामीले कुनै पनि काम गर्नको लागि नेपालको संबिधान र मुल कानुनमा टेकेर गर्नुपर्ने हुन्छ । जुनिचाँदे गाउँपालिकाले चार वर्षको समयमा निकै काम गरेको छ । जस्तै ऐन कानुन निर्माण देखि बिभिन्न बिकास निर्मार्णका कामहरु सम्पन्न भएका छन । यस्तो बिपतको घडिमा पनि यो गतिमा ल्याउदा कार्य सम्पादन प्रति निकै सन्तुष्ट छु ।

३. यो चार बर्षमा कति बजेट खर्च भयो ? बजेट खर्च अनुसारको उपलव्धी हासिल भयो ?

मेरो चार बर्षे कार्यकालमा करिब दुई अर्ब बराबरको बजेट खर्च भएको छ । हामीले अन्य स्थानीय तहको तुलनामा बजेट खर्च सन्तोषजनक भएको छ । किनकि हाम्रो गाउँपालिका पहिले देखि पछाडि परेको थियो । हामीले सडक, सिचाई, खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रलाई मुख्य प्रथामिकताका साथ बजेट बिनियोजन गरेका थियौं सोही अनुसार खर्च भएको छ । खर्च भएको बजेट अनुसार उपलब्धी सन्तोषजनक भएको छ ।

४ गाउँपालिकामा आर्थिक विकासको मूख्य आधार के के हुन् ?

जुनिचाँदे गाउँपालिकामा गरिबिको अवस्था डरलाग्दो छ । जब सम्म हामीले नागरिकहरुको जीवनस्तरलाई उकास्न सकिदैन तव सम्म रोजगारिको बातावरण तयार गर्न सक्दैनौं समाजमा शुसासन सुरक्षा कायम गर्न सक्दैनौं । जनताले सरकार भएको प्रत्याभुति गर्न सक्दैन । कुनै नेतृत्व आउन बितिकै जादु जस्तै एकै पटक अन्त्य हुन सक्दैन । हामीले बिशेष गरी जुनिचाँदे गाउँपालिकालाई रोजगारी, कृषि, पशुपालनमा जोड दिएका छौं । गाउँपालिकाले पकेट कृषि उत्पादन कार्यक्रम सञ्चलानको लागि बजेट बिनियोजन गरि कार्यान्वयका चरणमा छ । हाम्रा नागरिकहरु अहिले बिभिन्न छिमेकि मुलुकहरुमा रोजगारिको लागी गएको पाइन्छ । कोरोनाका कारण रोजगारी गुमाएर घर फर्किनेको संख्या हेर्नेहो भने निकै कहालि लाग्दो छ । त्यसैले गाउँपालिकाबाट कृषिलाइ बिशेष जोड दिएका छौं । यस्तै बिभिन्न उत्पादन,आयआर्जनका कार्यक्रमहरु गाउँ सभाबाट पास गरेर कृषि, पशु, लघु उद्यमका क्षेत्रलाई आर्थिक विकासको मुख्य आधार बनाएका छौं ।

५. कोरोना रोकथाममा गाउँपालिकाबाट के कस्ता कामहरु भए र हाल सम्म सो कार्यका लागि कति जति वजेट खर्च गरियो ?

विश्वब्यापी फैलिएको कोरोना भाइरसको दोस्रो लहर जुनिचाँदे गाउँपालिकामा पनि पुगेको छ । उक्त रोगबाट अहिले सम्म ९ जना संक्रमित हुनु भएको छ । कोरोना भाइरस रोकथामका लागी गाउँपालिका भित्रिने बिभिन्न नाकाहरुमा स्वास्थ्य सहायता कक्ष स्थापना, प्रत्येक वडाहरुमा औषधी सहित स्वास्थ्यकर्मी परिचालन, गाउँपालिकामा आइसोलेशनको निर्माण, स्वयम मेरो संयोजकत्वमा कोरोना नियन्त्रण, रोकथाम तथा व्यवस्थापन समिति निर्माण गरेका छौं । तत्काल गाउँ कार्यपालिका बैठकबाट २० लाखको कोरोना कोषको स्थापना गरी खर्च गर्नका लागी निर्णय गरेका छौं । यस्तै कोरोना भाइरस कोभिड १९ पहिलो लहरमा ५४ लाख ४५ हजार ६ सय ६८ रुपैया खर्च भएको थियो । जसमा राहत बितरण ५ सय ४ जना, स्वयम सेवक १ सय १३ जना परिचालन, पिसिआर परिक्षण ११ सय १८ जना, आरडिटि परिक्षण २ सय ७७ जना, स्वास्थ्य सहायता कक्ष ५ ओटा, क्वारेन्टाइन १४ ओटा, क्वारेन्टाइन बसेका नागरिक ५ सय ६९ जना, रहेको थियो ।

६. तपाई निर्वाचित हुनुभन्दा अगाडिको अवस्था र समस्या के कस्तो थियो ?

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा हामी निर्वाचित भएको करिब ४ बर्ष बित्यो । राज्यको पहूचबाट धेरै टाडा रहेको जुनिचाँदे गाउँपालिका बिकासका दृिष्टले पछाडि परेको थियो । साधारण कामको लागि २ दिन पैदल हिडेर जिल्ला सदरमुकाम खलंगा धाउनु पर्ने यहाँका नागरिकको बाध्यता थियो । नत टेलिफोन सेवा थियो । सामान्य कामका लागि कट्वाले परिचालन गर्नुपथ्यों । यहाँका गर्ववतीले उपचार नपाएर अकाल्मै ज्यान जान्थ्यो । शिक्षा, स्वास्थ्यका, खानेपानी, टेलिफोन सडक लगायतका क्षेत्रमा निकै पछाडी परेको थियो । राज्यको पूनसंरचना भए संगै साबिक मजकोट, दह, कोताङ्ग र गर्खाकोट गाबिस सहमाहित गरेर जुनिचाँदे गाउँपालिकाको निर्माण भएको छ ।

७. तपाइले विगत डेढ वर्षदेखी गाउँपालिका को कार्यवाहक अध्यक्ष भएर काम गरिरहनु भएको छ कस्तो अप्ठेरो र चुनौति हरु भोग्नु परेको छ ?

मैले विगत एक वर्षदेखि गाउँपालिकाको कार्यवाहक अध्यक्ष भएर जनताको जनजिविकाको विषयमा थुप्पै कामहरु गरिराखेको छु । विगत डेढ वर्षभित्र जनताका धेरै कामहरु भएका छन् । जस्तैः विकास निर्माण, करार कर्मचारी नियुक्ति, जुनीचाँदे गाउँपालिका प्रशासनिक कामकाज जाजरकोट जिल्लाको सदरमुखकाम खंलगाबाट हुदै आएकोमा मेरैे पहलमा नै जनताको सेवालाई ध्यानमा राखि प्रशासनिक कामकाज गाउँबाट नै शुरु गरेको छु । बैंक, प्रहरी चौकी लगायतका कार्यालयहरु गाउँ ल्याउने पहल गरिराखेको छु ।

भोग्नुपरेको अप्ठेरो र चुनौतिहरु मा,कार्यालय प्रशासनिक केन्द्र सदरमुखका खंलगाबाट गाउँमा ल्याउदा थुप्प्रै अप्ठेरो र चुनौति भोग्नु परेका थियो । जनताका असिमित आवश्यकता र सिमित स्रोत साधनका बाजदुत पनि अपेक्षाकृत रुपमा स्रोत साधन बाँडफाँडमा कठिनाई भएकोे । जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र सर्वोच्व अदालतमा विचाराधिन भएको हुदाँ जनताको सेवा प्रवाह र पूर्वाधार निर्माणमा कठिनाई भएको ।

८.तपाइको पालिकामा जनयुद्धकालको चर्चीत स्थान जुनि कम्युन को अवस्था कस्तो छ ? त्यसको विकासका लागि के के कामहरु गर्नु भएको छ ?

जुनीचाँदे गाउँपालिका चर्चीत स्थान जुनी बस्ती एउटा जनजाति बस्ती भएको स्वायत्त वडा हो । जुन जनयुद्ध कालमा राज्यद्धारा विवाहमा जन्ती जाँदै गरेका र खेतमा रोपाई गरिरहेका २८ जना सर्वसाधारणलाई नेपाली सेनाद्धारा विवत्स हत्या भएको थियो। जनयुद्ध कालमा जुर्क र निपाने बस्तिका करिब २५ घरधुरीका परिवारहरु मिलेर जुनि कम्युनमा सयूक्त बस्दै आएका थिए । शन्ति प्रकृया पछि कम्युन बिघटन भई सबै आफनै घर परिवार बस्दै आएका छन । यस बस्तीका लागि मैले थुप्रै कामहरु गरेका छौं । युद्ध पर्यटनका लागि पहल ,एकिकृत नमूना बस्ती निर्माण ,जनता आवास कार्यक्रम ,भेडा पकेट क्षेत्र ,किबि पकेट क्षेत्रको स्थापना अदि रहेका छन ।

९.तपाइँको पालिकामा वहुमुल्य पत्थर रहेको भन्ने चर्चा छ,त्यसको व्यवस्थापन र विकास कसरी गर्नु भएको छ ?

हामिले अहिले सम्म यसको बिषयमा समन्वय गरिरहेका छौं । नेपाल सरकार खानी भुगर्भ बिभागले नै बहुमुल्य रत्न पथर उत्खननमा प्रतिबन्द लगाएको छ । स्थानीय सरकारलाइ यो बिषय अधिकार छैन । तर हाम्रो स्थानीय तहमा रहेका यस्ता बहुमुल्य खानिहरु उत्खननका लागि आवश्यक पहल भैरहेको छ ।

१०. अवको बाँकी एक बर्षभित्रमा के के कामहरु गर्ने योजना राख्नु भएको छ ?

मेरो कार्यकालको अन्तिम बर्ष एक बर्ष भित्र जुनिचाँदे गाउँपालिका भित्रका जनताका जनजिबिका संग जोडिएका महत्वपूर्ण बिषयहरुमा मैले सके जति मेरो बिवेकले भ्याए सम्म जनताका आधारभुत आवश्यताहरु पुरा गर्ने छु ।

११.अन्तमा केहि भन्नुछ ?

प्रवाह अनलाइन र तपाईले जुनिचाँदे गाउँपालिकाले गरेका कार्यक्रमहरु सार्वजनिक गरि सबैका बिचमा प्रसारण गर्ने जुन अवसर दिनुभयो । म त्यसकालागि तपाँई र तपाँईको अनलाइन डिजिटल पत्रिकालाई म ब्यक्तिगत र जुनिचाँदे गाउँपालिकाको तर्फबाट धन्यबाद ब्यक्त गर्न चाहानछु । साथै ४ बर्षको कार्यकालमा मेरा ब्यक्तिगत स्वार्थलाइ कुनै वास्था नगरी समृद्ध गाउँपालिका निर्माणमा सहयोग गर्ने सम्पूर्ण गाउँबासिहरुमा बिशेष धन्यवाद ब्यक्त गर्दछु । नयाँ उर्जा हौसलाका साथ जुनिचाँदे गाउँपालिका निर्माणको अभियानमा जुटन सबै गाउँपालिका बासिलाई हार्दिक आवान गर्दछु । जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्दछ गाउँपालिका नागरिक पनि हरेक बिकास निर्माणका काममा सचेत हुनुपर्दछ । गाउँपालिकाबाट भएगरेका बिनियोजित बिकास निर्माणका आयोजनाहरु सम्पन्न गर्न सबैले सहयोग गर्न समेत म हार्दिक अनुरोध गर्दछु ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad