राजेन्द्र कार्की । जाजरकोट
जुनीचाँदे गाँउपालिकाले इन्जिनियर सहित कार्यसम्पादनमा उत्कृष्ट ६ जना कर्मचारीलाई सम्मान गरेको छ । छैटौ गाँउ सभाको बैठकमा बर्षभरीमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गरिएको हो ।
गाँउपालिकाका ईन्जिनियर प्रेमप्रकास खत्री, गाँउ कृषि शाखा प्रमुख भीम केसी, वडा सचिव ममता डिसी., रोजगार संयोजक धनबहादुर बस्नेत, नायब सुब्बा गणेश बस्नेत र गाँउ स्वास्थ्य शाखा सहसंयोजक खेमराज बस्नेतलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको हो । गाँउ सभामा गाँउपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य र प्रमुख प्रशासकिय अधिकृत दीपककुमार शाहीले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेका हुन् । सम्मानित हुने कर्मचारीहरुले र्छैटौ गाँउसभा तथा बजेट सभाको अवसरमा सम्मान गरेर थप हौसला र उत्प्रेरणा प्रदान गर्नु हुने सरकार प्रमुख, प्रशासकीय अधिकृत, सम्पुर्ण गाँउसभा सदस्य प्रति धन्यवाद तथा अभारप्रकट गरेका छन् ।