April 27 - 2024, Saturday१४ बैशाख २०८१, शुक्रबार

अलविदा रत्नप्रसाद शर्मा !

राजेन्द्र कार्की । जाजरकोट
कोरोना संक्रमण भइ सिकित्स विरामी नेकपा एमालेका नेता एवं पुर्व साँसद रत्नप्रसाद शर्माको निधन भएको छ । शसस्त्र प्रहरी अस्पताल काठमान्डौमा उपचारको क्रममा शर्माको निधन भएको हो ।

बुवा काशिराम शर्मा न्यौपाने र आमा लिला शर्मा न्यौपानेका जेष्ठ पुत्रको रुपमा २०२३ सालमा छेडागाड नगरपालिका ६ सुवानाउलीमा जन्मिएका शर्माका तीन बहिनी, दुई छोरा र श्रीमति छन् । माध्यमिक तहको सम्मको पढाई जनप्रिय मावि दशेराबाट पुरा गरेका उनले महेन्द्रबहुमुखी क्याम्पस नेपालगञ्जबाट आइएस्सी पुरा गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट गणित र अर्थशास्त्रमा स्नातकोत्तर गरेका शर्माले एमपिए र एलएलवी समेत पुरा गरेका थिए ।

उनले अध्ययनकै सिलसिलामा नेकपा माले निकट अनेरास्ववियु पाँचौबाट राजनैतिक जीवनको शुरु गरेका थिए । अध्ययनकै सिलशिलामा शिक्षण पेशामा संलग्न भएका शर्माले शुरुमा आफु पढेको जनप्रिय मावि दशेराबाट शिक्षण शुरु गरे । त्यसपछि उनलाई भुर सरुवा गरियो । तत्कालिन सत्ताको चर्को दवाव सहन नसकेपछि उनले छोटो समयमै राजिनामा दिएर सक्रिय राजनितिमा होमिएका हुन । सक्रिय राजनितिमा लागेका उनले जिल्ला कमिटी सदस्य हुँदै ५० को दशकमा जिल्लाको प्रमुख पद एमालेको जिल्ला कमिटी सचिव बन्न सफल भएका थिए । त्यस अघि उनी नेकपा माले पृष्ठभुमिबाट आएका थिए । त्यसपछि अञ्चल कमिटी सचिव सम्म हुने अवसर पाएका थिए ।कुशल संगठक, इमान्दार र सरल स्वभावका शर्माले २०५६ सालको आम निर्वाचनमा जाजरकोट क्षेत्र नम्बर २ बाट निर्वाचित हुन सफल भएका थिए । हाल एमाले प्रदेश कमिटी सदस्य, अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज थिए ।

शर्माको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको एमालेले जनाएको छ । पार्टी काम र आफ्नो जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्ने एक कर्मठ यौद्धा गुमाउनु पर्दा निकै दुःख लागेको छ नेकपा एमालेका केन्द्रिय सदस्य भैरव सुन्दर श्रेष्ठले भने ‘उहाँको निधनले पार्टीलाई अतुलनिय क्षति पुगेको छ ।’ शर्माको अन्तिम दाह संस्कार उनकै जन्मथलो सुवानाउलीमा शुक्रवार गरिने भएको छ । शर्माको निधन प्रति हामी पनि हार्दिक श्रदान्जली अर्पन गर्दछौ । अलविदा रत्न प्रसाद शर्मा ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad