May 28 - 2024, Tuesday१५ जेष्ठ २०८१, मंगलवार

दुई लाख राशीको भलिबलको उपाधी मुनलाईटलाई

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट खलंगामा आयोजित दुई लाख राशीको पुरुष भलिबलको उपाधी मुनलाईट डिजिटल प्रेस तथा प्राप्ती सप्लायर्सले जितेको छ । जाजरकोट उद्योग बाणिज्य संघको आयोजनामा भैरहेको चौथो जाजरकोट महोत्सवको अवसरमा सन्चालन गरिएको जिल्लामा हाल सम्मकै सर्वाधिक राशीको पुरुष भलिवलको उपाधी मुनलाइटले हात पारेको हो ।


शनिवार भएको फाइनल खेलमा केसी आयल स्टोर नलगाडलाई ३–१ सेटले हराउँदै उपाधी उचालेको हो । वेस्ट अफ फाइभको खेलमा पहिलो खेल नलगाडले जितेको थियो । त्यसपछिका तीन खेल लगातार जितेर मुनलाईटले प्रथम स्थान हासिल गरेको हो । भलिबल खेलमा २५–२३, २३–२५, २६–२८ र २१–२५ अंकले मुनलाईटले जित निकालेको हो । प्रथम हुने टिमले दुई लाख ५ हजार पाँच सय ५५ रुपैया पुरस्कार प्राप्त गर्ने छ भने द्धितिय हुने टिमले एक लाख २५ हजार पाँच सय ५५ रुपैया पुरस्कार पाउने भएको भलिबल खेल संचालन समितिका संयोजक रमेश चन्दले बताए ।

शनिवार नै भएको खेलमा तेस्रो स्थान आर.आर गौतम कन्ट्रक्सन नलगाडले जितेको छ । चन्दनाथ गण जाजरकोट (नेपाली सेना) लाई पराजित गदै आरआर तृतिय भएको हो । ३–१ को सेटले आरआरले जित निकालेको हो । २५–२३, २२–२५, २८–२६, २५–२१ अंकले जित निकालेको आरआरले ५० हजार पाँच सय ५५ रुपैया पुरस्कार पाउने भएको छ । पुस ११ गते देखि सुरु भएको भलिबल खेलमा ८ टीमको सहभागीता रहेको थियो । विजेता टिमलाई आइतवार महोत्सव समापनका अवसरमा पुरस्कार प्रदान गरिने जाजरकोट उद्योग बाणिज्य संघका अध्यक्ष रमेश केसीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad