March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

जाजरकोट महोत्सवमा हास्य कलाकार बल्छी धुव्रे र राजु मास्टरको प्रस्तुती

राजेन्द्र कार्की । जाजरकोट

Swasthya sewa karyalaya, jajarkot

बल्छी धुब्रे र राजु मास्टर जब स्टेजमा देखा परे तब दर्शक दिर्घाबाट तालीको फोहरा नै गुञ्जियो । सधै टेलिभिजनमा देखिदै आएका हास्यब्यग्य कलाकार आँखैै अगाडी आएर हास्य प्रस्तुती दिदा जाजरकोटवासी मात्र होइन छिमेकी जिल्ला रुकुम पश्चिम र सल्यानबाट महोत्सव हेर्न आएका स्थानियले भरपुर मनोरञ्जन लिए ।

चौथो जाजरकोट महोत्सव तथा ब्यापार मेला–२०७९ को छैटौं दिन कलाकार बल्छी धुब्रे (मरिचमान श्रेष्ठ) र राजु मास्टर (राजु पौडेल) को प्रस्तुतीले साँचिकै खलंगा तातियो । चिसो मौसममा हास्य कलाकार द्धय बल्छी र राजुमास्टरको प्रस्तुतीले दर्शकलाई जुरुक्कै उचाल्यो । दर्शक दिर्घाबाट हुटिङ्ग र ताली निकै गुञ्जिरहयो । निकै रमाइलो भयो भेरी नगरपालिका २ कि भद्रकला कार्कीले भनिन् ‘टिभीमा मात्र देखिएका कलाकार आफ्नै आँखा अगाडी देख्न पाउँदा निकै खुसी लाग्यो । निकै हसाए, म त पेटमिचीमची हाँसे । रमाइलो भयो ।’

बल्छी र राजु मास्टरलाई स्कुले विद्यार्थी देखि युवायुवती हुदै बुढाबुढी सवैले चिन्ने कलाकार हुन् । उनीहरु आउने थाह पाएपछि टाढाटाढाबाट स्थानिय महोत्सव हेर्न खलंगा आएका थिए । जाजरकोटले दिएको न्यानो माया, साथ र सम्मानले आफुहरु उत्साहित भएको कलाकार राजु पौडेलले बताए । अर्का कलाकार मरिचमान श्रेष्ठ बल्छीले महोत्सव मार्फत जाजरकोट, रुकुम र सल्यानका बासिन्दा सँग साक्षातकार हुन पाउँदा आफुलाई निकै खुसी लागेको बताए । दुवै कलाकारले चर्चित टेलिश्रृखला जुठेमा बल्छीले जुठे र राजुमास्टरले गोथेको भुमिकामा रहेका छन् ।


उनीहरुका साथै गायक टंक तिमिल्सिना, सौगात सायर, जयबहादुर रावल, शोभा त्रिपाठी, पुजा शर्मा, हजारी नेपाली लगायतका कालाकारले महोत्सवमा भरपुर मनोरञ्जन दिएका छन् । चिसो मौसममा धमकादार प्रस्तुतीले महोत्सवमा आएका युवायुवती छमछमी नाचेका थिए ।
कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार भन्ने मुल नाराका साथ जाजरकोट उद्योग बाणिज्य संघ, जाजरकोटले ११ पुस देखि खलंगामा संचालन गरेको जाजरकोट महोत्सव–२०७९ आइतवार सकिनेछ । ‘कृषि उत्पादन व्यवसायिकरण, कला संसकृति, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धन हाम्रो अभियान, आत्मनिर्भर, स्वाभिमानी, स्वच्छ, सुन्दर र समुन्नत जाजरकोटको निर्माण ।’ भन्ने सहायक नारा रहेको चौथो जाजरकोट महोत्सबमा नाम चलेका कलाकार र स्थानिय कलाकारले दैनिक प्रस्तुतिकरण गरिरहेका छन् ।

पौराणिक स्थानीय झाँकीहरु सरिङ्गे, सिंगारु, पैसेरु, ख्याली, टप्पा लगायतका नृत्य प्रस्तुत गरिएको थियो । महोत्सवमा सुन्तला, राडीपाखी लगाएतका स्थानीय उत्पादन प्रदर्शन तथा व्यापार, अर्गानिक माछा, रोटी, सिस्नो रोटी लगाएतका खानाका परिकारको व्यापारलाई प्रवद्र्धन गरिएको छ । महोत्सवमा हाल सम्म चार करोडको कारोबार भएको आयोजकले जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad