मध्य तथा सुदुरपश्चिममा पाँचतारा युवा संरक्षक मंञ्च उत्कृष्ट

प्रवाह संवाददाता । जाजरकोट

सेभ द चिल्ड्रेनका मध्य तथा सुदूरपश्चिमका साझेदार संस्थाहरू मध्य पाँचतारा युवा संरक्षक मंञ्च जाजरकोट उत्कृष्ट भएको छ । वित्तीय व्यवस्थापन, पारदर्शिता तथा अनुशासनका क्षेत्रमा कायम गरिएका सुचकहरुलाइ आधार मानी वार्षिक रुपमा गरिएको निरन्तर मूल्याङ्कनका आधारमा संस्थालाई यस बर्षको उत्कृष्ट घोषणा गरिएको हो । सेभ द चिल्डेनका एसेसियट डाइरेक्टर धन भुषालले संस्थाका अध्यक्ष छवि पन्तलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

सेभ द चिल्डेनका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संग सन् २०२२ मा साझेदारी गरी विभिन्न विषयगत क्षेत्रमा काम गर्ने साझेदार संस्थाहरूको बर्षिक साझेदारी समीक्षाका अवसरमा पाँचतारा युवा संरक्षक मंञ्च जाजरकोटलाइ प्रथम घोषणा गरिएको हो । त्यसैगरी उत्कृष्ट कर्मचारीका रूपमा संस्थाका लेखा संयोजक राजेन्द्र प्रसाद थारुलाइ छनौट गरिएको छ ।
त्यसैगरी दोस्रो संस्थाका रुपमा किडाक कालिकोट तथा तेस्रो संस्थाका रुपमा वाक अछाम भएको प्रशासन तथा वित्त व्यवस्थापक इन्द्र केसीले बताउनुभयो । सेभ द चिल्डेनका लुम्बिनी,कर्णाली र सुदूर पश्चिमका ११ वटा साझेदार संस्था मध्ये सन २०२२ मा संस्थाको व्यवस्थापन सुदृढ भएकोले तथा विभिन्न सूचकहरु राम्रो देखिएको घोषणा गर्दै सेभ द चिल्डेनका एसेसियट डाइरेक्टर भुषालले बताउनु भयो । सेभ द चिल्डेनका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आफ्नो साझेदारहरु माझ निरन्तर रुपमा वार्षिक समीक्षा गरी साझेदारीका सबल पक्ष तथा यसका सिकाइहरुलाई आउँदो दिनमा अझ परिमार्जित गर्दै लैजाने उहाँले बताउनुभयो ।

bhumi-sanrakshyan

साझेदारी समीक्षाको क्रममा साझेदारीको मोडालीटी तथा आउँदो दिनका प्राथमिकताहरुका बारेमा गहन छलफल तथा विश्लेषण गरिएको थियो साथै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा स्थानीय गैरसरकारी संस्थाका बिच प्रभावकारी साझेदारी बनाउने प्रतिबद्धताका साथ उक्त समीक्षा सम्पन्न गरिएको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष पन्तले बताउनुभयो । उत्कृष्ट संस्था बनाउन अहोरात्र खटिने जिल्ला कार्यसमिति, कर्मचारीहरु र जिल्लावासी सवैलाई हार्दिक धन्यवाद दिन चाहन्छु उहाँले भन्नुभयो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya