प्रवाह संवाददाता । जाजरकोट
भेरी नगरपालिकाको समन्वय र सहयोगमा नेपाल शिक्षक महासघ , स्थानीय समिती (भेरी नगरपालिका) को आयोजनामा भेरी नगरपालिका अन्तरगत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा भेरीत्रिवेणी मावि रिम्ना प्रथम भएको छ । त्रिभुवन मा वि खलंगा क द्धितिय र ख समुह तृतिय स्थान हासिल गरेका छन । यस प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समुहलाई क्रमश नौ हजार, ६ हजार र चार हजार पाँचसय प्रदान गरिने शिक्षक महासंघ भेरी नगर समितिका अध्यक्ष रुद्रबहादुर वलीले बताए । पुरस्कार बितरण चौथो जाजरकोट महोत्सवको मुल समारोहमा यहि पौष १४ गते उपलब्ध गराइने भएको छ ।
उक्त कार्यक्रममा यस पालिकाका प्रमुख अथिती नगरप्रमुख चन्द्र प्रकाश घर्ति, विशेष अतिथी नगर उपप्रमुख सीता जैसी, अतिथिहरु शिक्षा शाखा प्रमुख अमृतबहादुर पुन, ८ नम्बरका वडाध्यक्ष बिरबहादुर चन्द , ६ नम्बरका वडाध्यक्ष शशी बुढा लगाएत पेसागत सघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । भेरी नगरपालिकाका १० वटा विद्यालयका १६ वटा समूह सहभागी थिए । कार्यक्रमको अध्यक्षता यस समितिका अध्यक्ष रुद्रबहादुर वलीले गर्नुभएको थियो । समितिका सचिव टेकबहादुर थापाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य समितिका स अध्यक्ष खिम बहादुरर खड्काले गर्नुभएको थियो । भेरी नगरपालिका ( शिक्षा शाखा) बाट निर्माण गरेका प्रश्न त्रिभुवन मा वि खलंगाका शिक्षक हरिबहादुर बस्नेतले अत्यन्तै रोचक तरीकाले हाजिरी जवाफ प्रतियोगिता संचालन गर्नुभएको थियो । यसै गरि भोलि यहि पौष १३ गते लोकगित प्रतियोगिता सञ्चालन मुल समारोहमा बिहान ८ बजे देखि संचालन हुदैछ । लोकगित तर्फ प्रथम पुरस्कार पाँच हजार , द्धितिय पुरस्कार चार हजार र तृतीय पुरस्कार तीन हजार रुपैया रहेको छ । उक्त पुरस्कार सामाजिक विकास कार्यलय जाजरकोटले सहयोग गर्ने छ ।
नगरस्तरीय हाजिरी जवाफमा भेरीत्रिवेणी मावि प्रथम
