चौथो जाजरकोट महोत्सव शुरु

राजेन्द्र कार्की । जाजरकोट
चौथो जाजरकोट महोत्सव–२०७९ जिल्ला सदरमुकाम खलंगामा सुरु भएको छ । जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्रीले पानसमा बत्ति बालेर चौथो जाजरकोट महोत्सव–२०७९ को औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

उद्योग बाणिज्य संघ, जाजरकोटले संचालन गरेको जाजरकोट महोत्सव–२०७९ को मुल नारा कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार रहेको छ । ‘कृषि उत्पादन व्यवसायिकरण, कला संसकृति, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धन हाम्रो अभियान, आत्मनिर्भर, स्वाभिमानी, स्वच्छ, सुन्दर र समुन्नत जाजरकोटको निर्माण ।’ भन्ने सहायक नारा रहेको चौथो जाजरकोट महोत्सबाट ५ करोड भन्दा बढिको व्यापार गर्ने लक्ष्य राखेको उद्योग बाणिज्य संघ, जाजरकोटले जनाएको छ ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्री, नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रराज ढकाल, प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने, बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरी, नेकपा एमाले जाजरकोट अध्यक्ष खिम बहादुर शाही, नेपाली काँग्रेस जाजरकोट सचिव तेज विक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष दीपक खनाल लगाएतका उद्योगपति, व्यवसायीहरुले चौथो जाजरकोट महोत्सव सफलताको शुभ–कामना मन्तव्य राखेका थिए ।

bhumi-sanrakshyan

औपचारिक कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले खुल्ला भलिवल प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरेपछि खेलमैदानमा खुल्ला भलिबल प्रतियोगिता संचालन गरिएको छ । यही पुस १७ गतेसम्म एक हप्ता संचालन हुने चौथो जाजरकोट महोत्सव–२०७९ को मुख्य आकर्षणका रुपमा दुई लाख पुरस्कार राशी भएको पुरुष खुल्ला भलिवल प्रतियोगिता, अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, लोकगीत प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुका विभिन्न रोचक तथा आकर्षक प्रस्तुतीहरु रहेका छन् । साथै पौरानिक स्थानीय झाँकीहरु पनि प्रस्तुत गरिने भएको छ । महोत्सवमा सुन्तला, राडीपाखी लगाएतका स्थानीय उत्पादन प्रदर्शन तथा व्यापार, अर्गानिक माछा, रोटी, सिस्नो रोटी लगाएतका खानाका परिकारको व्यापारलाई प्रवद्र्धन गरिएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya