April 14 - 2024, Sunday२ बैशाख २०८१, आईतवार

जीप दुघर्टनाका पिडित परिवारलाई राहत सामग्री वितरण

राजेन्द्र कार्की । जाजरकोट

गत मंसिर २६ गते जिल्लाको छेडागाड नगरपालिकामा जीप दुघर्टनामा परि मृत्यु भएका परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारिमा सञ्चालित सहयात्रा दोस्रो परियोजना मार्फत छेडागाड ५ लेवाका पिडित पाँच परिवारलाई खाद्यान्न लगायत अत्यावश्यक सामग्री प्रदान गरिएको हो ।

लेवा गाउका पाँच परिवारका अभिभाबकहरु र सदस्यहरुको दुखद निधन भएपछि उक्त परिवारका बालबालिकाहरुमा जीवन निर्वाहमा समस्यामा पर्न सक्ने कुरालाइ मध्य नजर गर्दैे परियोजना मार्फत सहयोग गरिएको पाँचतारा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले बताए । पाँच परिवारका १५ जना बाल बालिकाहरुलाइ लक्षित गरि प्रति परिवार १० हजार ६ सय का दरले ५३ हजार रकम बराबरको खाद्यान्न र बन्दाबस्तिका सामग्री प्रदान गरिएको अध्यक्ष पन्तले बताए । दुघर्टनामा परि जाजरकोटका नौ र दैलेखका तीन जनाको मृत्यु भएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad