राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको एक दुर्गम वस्ती पुगेर एक जना चिकित्सकले निशुल्क उपचार गरेका छन् । नलगाड नगरपालिकाका–१, ठुलोबगर बस्तीका वालबालिकाको निशुल्क उपचारका लागि सुर्खेतबाट बालरोग विशेषज्ञ डाक्टर नबराज केसी आफै औषधी बोकेर नलगाड नगरपालिका १ ठुलाबगर पुगेका हुन् । उनले त्यहाँ ६५ जना बालबालिकाको निशुल्क उपचार गरे ।
समाजसेवी प्रकाश पन्तको पहल र सामाजिक अभियन्ता तथा बालरोग विशेषज्ञ डा. केसीको सहयोगमा ठुलाबगरमा बालरोगको उपचार शिविर नै संचालन गरिएको हो । ठुलाबगरका बालबालिकाहरुको स्वास्थ्य चेकजाँच गरी निशुल्क औषधी दिइएको छ ।
वस्तीका अधिकाश वालबालिकामा जाडोमा देखिने निमोनिया, रुघाखोकी, दमजस्ता स्वास्थ्य समस्या धेरै देखिएको डा. केसीले बताए । उनले भने, केही बालबालिकाहरुमा मुटुको समस्या पनि देखिएको छ ।
मुटुको समस्या देखिएका त्यस्ता केही बालबालिकाहरुलाई थप उपचारको लागि सुर्खेत वोलाइएको डा. केसीले बताए । सुर्खेतका समेत ति विरामी बालबालिकालाई निशुल्क उपचार गरिनेछ ।।
जाडो सिजनसुरुसँगै ठुलोबगरका बालबालिकामा स्वास्थ्य समस्या देखिएको जानकारी पाएपछि समाजसेवी पन्तको आग्रहमा डा. केसी त्यहाँ पुगेका थिए ।
डा. केसी झोलामा आफै औषधी वोकेर तुइनको जोखिमपूर्ण यात्रा पार गदै ठुलावगरमा गएर बालबालिकाको उपचार गरेका थिए । उनले भने सामाजिक सेवा अन्र्तगत मैले दुर्गमका बालबालिकाको उपचारमा सहयोग गरिरहेको छु । मेरो यो अभियान निरन्तर जारी रहनेछ । आर्थिक अवस्था कमजोर भएका बालबालिकाको निशुल्क उपचार गदै आएको छु । यसो गर्दा आन्मसन्तुष्टि निकै हुँदो रहेछ । आफ्नै गाँउमा डाक्टर आएर उपचार गरिदिएपछि स्थानीय निकै खुसी भएका छन् । स्थानिय ज्ञानबहादुर घर्तीले निशुल्क उपचार गर्ने डा. केसी र उपचारका लागि पहल गरिदिने समाजसेवी पन्तलाई धन्यवाद दिए ।