प्रवाह संवाददाता । जाजरकोट
विना ईजाजत जडीबुटी ओसारपसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । डोल्पाबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे.१ ख.३५१९ नम्बरको ट्रक चेकजाँच गर्दा ईजाजत विनै जडीबुटी ओसारपसार गर्ने दुई जनालाई जाजरकोट प्रहरीले सोमवार पक्राउ गरेको हो ।
जाजरकोट । विना ईजाजत जडीबुटी ओसारपसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । डोल्पाबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे.१ ख.३५१९ नम्बरको ट्रक चेकजाँच गर्दा ईजाजत विनै जडीबुटी ओसारपसार गर्ने दुई जनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका – ७ का सुरेन्द्र शाही र ट्रक चालक बाँकेको कोहलपुर नगरपालिका–१२ का खगेन्द्र खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
ट्रकमा बिना ईजाजत ८९ बोरा अर्थात दुई हजार एक सय ९२ किलोग्राम जटामसी र १७ बोरा अर्थात चार सय ७६ किलोग्राम पदमचाल फेला परेको थियो । बरामद गरिएको जडिबुटी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा पठाइएको छ ।