March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

आगामी पुस ११ देखि चौथो जाजरकोट महोत्सव हुने

राजेन्द्र कार्की । जाजरकोट

Swasthya sewa karyalaya, jajarkot

आगामी पौष ११ गते देखि शुरु हुने चौथो जाजरकोट महोत्सवको हुने भएको छ । ‘कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पूर्वाधार’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवमा झण्डै ५ करोड बरावरको कारोवार हुने उद्योग वाणिज्य संघ जाजरकोट उद्योग बाणिज्य संघ जाजरकोटले जनाएको छ । आईतबार आयोजक उद्योग वाणिज्य संघ जाजरकोटले पत्रकार सम्मेलन गरी महोत्सवको ८५ प्रतिशत काम पूरा भएको जाजरकोट उद्योग बाणिज्य संघका अध्यक्ष रमेश केसीले बताए ।

‘कृषि, पर्यटन, कला, संस्कृति वातावरण तथा औद्योगिक मेलाको रुपमा यस महोत्सवलाई लिएका छौं, उनले भने,‘महोत्सवमा एक लाख दर्शक आउने अनुमान गरेका छौं, पाँच करोड जतिको कारोवार गर्ने लक्ष्य रहेको छ ।’ भेरी नगरपालिका ३ तल्लो थाप्लेमा पाँच दिन सम्म सञ्चालन हुने महोत्सवमा अहिले सम्मकै सर्वाधिक राशिको पुरुष खुल्ला भलिवल राखिएको छ ।

राष्ट्रिय स्तरका कलाकार, स्थानीय कलाकारको प्रस्तुती रहने महोत्सवमा जाजरकोटका सात वटा स्थानीय तहमा रहेका पौराणिक कला संस्कृतिको सम्म प्रर्दशन गरिने उद्योग वाणिज्य संघ जाजरकोटका महासचिव मोहन खड्काले जानकारी दिए । लोकदोहरी गायक कुलेन्द्र विश्वकर्मा, पूर्णकला विसी, रामजी खाँड, शान्ति श्री परियार, हिमाल सागर, राजु पौडेल, मरिचमान श्रेष्ठ, शक्ति चन्द, सुनितानी परियार, प्रकाश कटुवाल सहित दर्जनौं कलाकारहरुको प्रस्तुती रहनेछ । कार्यक्रमको उद्घोषक शोभा त्रिपाठीले गर्नेछन् । महोत्सवमा जाजरकोटको ब्यापार, पर्यटन र आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास लिईरहेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad