प्रेम रावत । दशेरा
जाजरकोटमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । घाईतेको उपचारका लागि सुर्खेत लैजादै गर्दा थप दुई जनाको मृत्यु भएको छ । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउ जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो ।
कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बलेरो जीप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो । दशेराकोे जेवा देखि लेवा जाँदै गर्दा गाडी सडकबाट तल खसेको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा छेडागाड नगरपालिका ६ थाना जाजरकोटका विरबहादुर खत्री, छेडागाड ५ लेवाका जयबहादुर बुढा,नैनसरा अधिकारी, रामबहादुर बुढा, देवीसरा बुढा, अम्मर अधिकारी, निशा अधिकारी र दीपक अधिकारी रहेका छन् । त्यस्तै गाडी चालक भगवति गाँउपालिका २ रुम दैलेख निवासी मानबहादुर रावत, भगवतिमाई गाँउपालिका ३ दैलेखका विरेन्द्र केसी र अमरबहादुर खड्काको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अम्मर र बालिका निशाको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । अरु नौ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घाईते जैवान अधिकारी गंभिर घाइते भएका छन् । उनलाई थप उपचारका लागि सुर्खेत पठाईएको छ ।
उक्त जिप दैलेख भगवतिमाई गाँउपालिका ३ बाट विरेन्द्र खड्का र छेडागाड ५लेवाकी सम्झना विसीको विहेका लागि दुलही लिन जाजरकोटको दशेरा आएको थियो । विवाह भोजमा सहभागी भएका एक जना जन्ती बिरामी परेपछि उपचारका लागि थलह बजार लिने क्रममा जीप दुर्घटनामा परेको स्थानिय प्रेम रावतले बताए । जीप कसरी खस्यो भन्ने बारे थप विवरण आउन बाँकी रहेको जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी जनक प्रसाद भण्डारीले बताए ।
जाजरकोटको दशेरामा जीप दुर्घटनाः ११ जनाको मृत्यु
