अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा त्रिभुवन मावि प्रथम

धर्मराज परियार । जाजरकोट

अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा त्रिभुवन मावि खलंगा प्रथम भएको छ । प्रतियोगितामा त्रिभुवन माध्यामिक विद्यालय खलंगाबाट विनु विकको टीम प्रथम भएको छ । भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्नबाट धर्मराजको टीम द्धितिय भएको छ भने शिव माध्यामिक विद्यालय कालेगाउँबाट सुनिताको टीम तृतिय भएको छ । विद्यार्थिहरुको आन्तरिक क्षमता अभिबृद्धिका लागि अन्तरविद्यालय स्तरिय हाजीरी जवाफ प्रतियोगिता भेरी नगरपालिका–१ कालेगाउँमा शुक्रबार गरिएको हो ।

युवा जागरण विकास केन्द्र नेपाल (यार्सन), जाजरकोटद्धारा संचालित नेपाल जिविको पार्जन तथा उत्थानशिलता कार्यक्रम अन्तरगत बालबालिका तथा युवा सशक्तिकरण परियोजनाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मावि स्तरीय बाल क्लवमा संगठित विद्यार्थीहरुले भाग लिएका थिए । उक्त हाजिरी जवाफ प्रतियोगितामा त्रिभुवन माध्यामिक विद्यालय, खलंगा, भेरीत्रिवेणी माध्यामिक विद्यालय रिम्ना र शिव माध्यामिक विद्यालय कालेगाउँ गरी तीन वटा विद्यालयले भाग लिएका थिए भने, प्रति विद्यालयबाट दुई–दुई वटा गरी जम्मा ६ वटा टीमका १८ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने प्रतियोगि टीमलाई आयोजक संस्था युवा जागरण विकास केन्द्र नेपाल (यार्सन), जाजरकोटले विभिन्न व्यक्ति मार्फत कापी, कलम, विभिन्न पुस्तकहरु सहितको पुरस्कार सहित प्रमाण–पत्र वितरण गरेको थियो । प्रतियोगितामा भाग लिएका सम्पूर्ण बालबालिकाहरुलाई हौसला प्रदान गर्न कापी र कलम वितरण गरिएको थियो ।

bhumi-sanrakshyan


अतिरिक्त क्रियाकलाप अन्तरगत सबै विद्यालयले आन्तरिक हाजिरी जवाफ प्रतियोगिताको आयोजना नियमित रुपमा संचालन गरी राख्ने बताउदै युवा जागरण विकास केन्द्र नेपाल (यार्सन), जाजरकोटका कार्यकारी निर्देशक सहदेव बस्नेतले अतिरिक्त क्रियाकलापलाई फराकिलो बनाउन अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको बताए । अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्नाले विद्यार्थीहरुको शिक्षण सिकाईमा मद्दत पुग्नेमा कार्यकारी निर्देशक बस्नेतले विश्वास व्यक्त गरेका थिए । अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताले बाल अधिकारका तमाम विषयहरुमा एकले अर्कोबाट सिक्नुको साथै बालबालिकाहरुको अन्तरघुलनमा मद्दत पुग्ने विश्वास गरिएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya