March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

जाजरकोटमा सुन्तला जात फलफुल खेती विषयक तालिम सम्पन्न

प्रवाह संवाददाता । जाजरकोट

Swasthya sewa karyalaya, jajarkot

जाजरकोटमा सुन्तला जात फलफुल खेती विषयक जिल्ला स्तरीय कृषक तालिम सदरमुकाम खलंगामा सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ जाजरकोटको आयोजनामा भएको तीन दिने तालिममा २७ जना कृषकको सहभागिता रहेको थियो ।

जिल्ला स्तरीय उन्नत प्रविधि,प्रथामिक प्रशोधन,पोष्ट हार्भेष्ट व्यवस्थापन,कृषि यान्त्रिकरण कृषक तालिम २०७९ अन्र्तगत सुन्तलाजात फलफुल खेतीलाई उन्नत प्रविधि संग जोडी उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, कृषकको ज्ञान सिप र धारणामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको तालिम संयोजक सुवास सिंहले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ जाजरकोटमा सुचिकृत भएका कृषक सहकारी समुह, ब्यक्तिगत फर्म, नर्सरी उद्योगका सदस्यहरु पहिले सुन्तलाजात सम्वन्धि तालिम नलिएका कृषकलाई तालिममा समावेश गरिएको थियो ।

परियोजना कार्यान्वयन इकाईका प्रमुख दिपेन्द्र पोखरेल, कृषि विकास कार्यालयका निमित्त प्रमुख रबिन धिताल, कृषि प्राविधिक सुवास सिह र धरम चन्दले तालिमको सहजिकरण गरेका थिए । सुन्तलाजात फलफुलको उन्नत प्रविधि सहित प्राथमिक प्रशोधन पोष्ट हार्भेष्ट व्यवस्थापन तथा कृषि यान्त्रिकरणका वारेमा जानकारी गरिएको कृषि प्राविधिक समेत रहेका तालिम संयोजक सिंहले जानकारी दिए । तालिममा भेरी, कुशे, नलगाड र छेडागाड नगरपालिका कृषकहरु सहभागि भएका थिए ।


सुन्तला बालीलाइ क्षति न्युनिकरणको लागि बिभिन्न प्राविधिक सल्लाह, परामर्श दिनुका साथै सुन्तलाजात फलफुलका बिरुवाको बगैचा ब्यवस्थापन, काटछाट, खाडल खन्ने कति दुरीमा लगाउने, यसका रोग किरा उत्पादनोपरान्त प्रविधि कहिले कसरी फल टिप्ने फल टिप्दा ध्यान दिनु पर्ने कुरा बजारीकरण कसरी गर्ने लगायतका विषयमा प्रशिक्षण दिईएको कार्यालय प्रमुख पोखरेलले बताए ।

कुशे गाँउपालिका ५ ढिमेका किसान कृष्णबहादुर मल्लले तालिममा सिकेका कुराहरु आफु र आफ्ना समुहका सदस्य तथा छरछिमेकका कृषकहरुलाइ पनि सिकाउने प्रतिबद्घता जनाएका छन् । आगामी दिनहरुमा कार्यक्रम तयार गर्दा जिल्लास्तरीय भन्दामा पनि स्थलगत कार्यक्रममा जोड दिए अझ प्रभावकारी हुने उनको भनाई छ ।

विजय बन्दना एग्रो फर्म प्रा लि की संचालिका मिना पुनले तालिमको समापनमा तालिमले आफुहरुलाई धेरै ज्ञान र सीप सिकाएको बताईन । उनले आफ्नो बगैचा कुनै पनि प्राविधिक रुपले मलखाद ब्यवस्थापन काटछाट लगाएका ब्यवस्थापन नभएको र यस तालिमबाट सिकेका कुरा ब्यवहारमा उतार्ने प्रतिब्द्घताका ब्यक्त गरेकी थिईन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad