July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

जाजरकोटका गोविन्द सिंहलाई नेचर्स हिरो अवार्ड

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
प्रकृतिको संरक्षण अभियान्ता जाजरकोटका गोविन्द सिंह प्रकृतिका नायक अवार्डबाट सम्मानित भएका छन् । नेपाल पन्छी संरक्षण संघको ४० औं बार्षिक साधारण सभाको अवसरमा सिंहलाई बर्डलाइफ नेचर्स हिरोको उपाधि सहित सम्मानित भएका हुन् ।

स्थानीय स्तरमा रहेर जंगली जनावर, चरा र तिनको संरक्षण तथा बासस्थान संरक्षणमा उल्लेख्य स्वयम्सेवी योगदान पुरयाउने जाजरकोटका सिंह र बर्दियाका राम शाहीलाई बर्डलाइफ प्रकृति नायकको उपाधीबाट सम्मानित गरिएको हो । प्रकृतिको संरक्षण, जीबजन्तु र पशुपंक्षीको संरक्षण, खोज र अनुसन्धानमा महत्वपुर्ण योगदान पुरयाउनु हुने दुई जनालाई प्रकृतिका हिरो अवार्डबाट सम्मानित गरिएको पंक्षी संरक्षण संघका अध्यक्ष डा. करण शाहले बताए ।

नेपालबाट दुई जनाको नाम छनौट गरिएको हो । बर्दिया जिल्लाको बर्दिया नेचर कन्जर्भेसन क्लबका अध्यक्ष रामबहादुर शाही र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा रहेर समग्र जिल्लाको प्रकृति संरक्षणमा योगदान पुर्याउनु भएको गोबिन्द बहादुर सिंहलाई एक कार्यक्रम बिच सम्मानित गरिएको हो । यी दुई जनाले विश्वभरबाट छनौट भएर आएका अभियान्ता सँग प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल पंछी संरक्षण संघको ४०औं वार्षिक साधारणसभाको अबसर पारेर बर्डलाइफ इन्टरनेसनलद्वारा प्रदान गरिने बर्डलाइफ नेचर्स हिरो अवार्डबाट शनिवार उनीहरुलाई सम्मान गरिएको हो । सोही अबसरमा बर्दिया नेचर कन्जरभेसन क्लबलाई जैविक विविधता संरक्षणको लागी एकलाख राशीको पुरस्कारले पुरस्कृत गरिएको थियो ।
नेपाल पंछी संरक्षण संघका अध्यक्ष प्राध्यापक करणबहादुर शाह, बर्ड्लाइफ एसियाका हुमबहादुर गुरुङ, विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि घनश्याम गुरुङ, वन तथा भु– संरक्षण मन्त्रालयका महानिर्देशक देबेशमणि त्रीपाठीको संयुक्त उपस्थितीमा उनीहरुलाई सम्मानित गरिएको हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad