जाजरकोट उद्योग बाणिज्य संघका अध्यक्ष केसी उत्कृष्ट करदाता

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष तथा बजाज स्वरुमका संचालक रमेश केसी उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् ।
आर्थिक बर्ष २०७७÷०७८ मा रमेश अटो सप्लायर्स तथा सर्भिसिङ्ग सेन्टर जाजरकोटले १३ करोडको कारोवार गरेर चार लाख ५० हजार मुल्य अभिबृद्धिकर आन्तरिक राजश्व कार्यालय सुर्खेतमा बुझाएको थियो । जाजरकोट जिल्लाबाट सवैभन्दा धेरै कर तिर्ने रमेश अटो सप्लायर्सलाई उत्कृष्ट करदाताको रुपमा राष्ट्रिय कर दिवसको अवसरमा हालै सम्मानित गरिएको हो ।

यस कार्यालयको कार्यक्षेत्र अन्र्तगत ब्यापार सेवा क्षेत्रबाट सवैभन्दा बढी आयकर दाखिला गरेकोमा उत्कृष्ट करदाताको रुपमा रमेश अटो सप्लायर्स तथा सभिसिङ्ग सेन्टरका संचालक केसीलाई सम्मान पत्रले सम्मानित गरिएको प्रमुख कर अधिकृत हरिप्रसाद तिमिल्सिनाले बताए । उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष समेत रहेका केसीले बजाज स्वरुप मार्फत मोटरसाईकलको विक्रीवितरण तथा मर्मत गदै आएका छन् ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya