July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

जाजरकोटका प्रजिअ सुरेश सुनार जसले आफु घाईते अवस्थामै उद्धारको नेतृत्व गरे

lagu ausadhi biruddha abhiyan jajarkot

गत कार्तिक १७ गते जाजरकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार सुतेको क्वाटर भत्कियो । धन्न घाइते मात्र भए । भाग्यले उनी बाँचे । आफु घाइते हुँदा हुँदै पनि तत्काल उद्धारमा खटिए । उज्यालो नहुँदै खोज तथा उद्धारको काम सकिसकेको थियो । खोज उद्धार र राहत ब्यवस्थापनको कुशलता पुर्वक नेतृत्व गरेका प्रजिअ सुनार सँग सम्पादक राजेन्द्र कार्कीले यसै विषयमा गरेको कुराकानीको सारसंक्षेप ः

१) भुकम्प जाँदा कहाँ हुनुहुन्थ्यो ? भुकम्प गएपछि कस्तो अवस्था आयो ?
खाना खाएर म माथिल्लो कोठामा सुते तल्लो कोठामा मेरो पिएओ (सुरक्षागार्ड) सुतेका थियौ । घर ढुंगा माटोको कच्ची नै हो । निदाईरहेको बेला एक्कासी पानी बगेको जस्तै जमिन बगेको महसुस गरे । मलाई सुख्खा पहिलो गयो भन्ने लाग्यो । जुरुक्का उठेर बाहिर निस्कन खोजे । तिनवटा कोठा भित्र मेरो सुत्ने कोठा छ । ति सवै पार गदै भरयाङ्ग झर्न थाल्दा माथिबाट चिर्पट आएर मेरो निधारमा लाग्यो । भित्ताको ढुङ्गा र माटो शरीरमा लाग्यो । तै पनि म निस्कन सफल भए । तलको भित्ता म भएको तिर भन्दा विपरित दिसा तिर ढल्यो । त्यतिवेलै मेरो पिएओले सिडिओ साव भनेर रुदै कराईरहेको सुने । बाहिर निस्किसकेपछि तल पिपलडाँडा र माथिल्लो थाप्लेमा मानिसहरु कराईरहेको सुने । ठुलो क्षति भएको अनुमान गरे । मेरो घर पनि जाजरकोट नै हो । जहाँ आमाबुवा बस्नुहुन्छ । शुरुमा बुवालाई फोन गरे । ‘घर भत्कियो । हामी सवै बाहिर निस्किएर केही भएन सवै सकुशल छौ’ भन्नुभयो बुवाले । त्यसपछि सवै सुरक्षा निकायलाई फोन गरे । सवै सुरक्षित रहेको जानकारी पाएपछि तत्काल खोज तथा उद्धारमा लाग्न निर्देशन दिए ।

२) खोज तथा उद्धारको योजना कसरी बनाउनु भयो र कसरी गर्नु भयो ?
म आफै पनि थाप्ले, रावतगाँउ लगायतका प्रभावित क्षेत्र पुगे । त्यतिवेला सम्म नेपाली सेना फिल्डमा उद्धारमा निस्की सकेको जानकारी पाए । शसस्त्र र जनपद प्रहरी पनि फिल्डैमा पुगिसकेका थिए । घाईतेहरुलाई अस्पताल पठाउने काम गरे । बाटोमा हिड्दा हिड्दै प्रधानमन्त्रीका निजी सचिव अर्जुन भण्डारीलाई जानकारी गराए । जिल्लाबाट प्रतिनिधीत्व गर्ने मन्त्री र साँसदहरुलाई जानकारी गराएँ । अस्पताल पुगेर गंभिर घाइते ८ जनालाई रिर्फर गरेर गाडीबाट सुर्खेत र नेपालगञ्ज पठायौ ।
घर भत्किएको र विभिन्न ठाँउबाट आएका सुचना अनुसार धेरै मानवीय क्षति भएको अनुमान गरे । राती नै कर्णाली प्रदेशका क्षेत्रिय सुरक्षा निकायमा थप सुरक्षाबलको माग गर्यौ । हामीले करीब १२ सय सुरक्षाकर्मी परिचालन गर्यौ खोज र उद्धारमा । भुकम्पले बाटो अवरुद्ध गरेको थियो । बाटो खुलाउन पहल गर्यौ त्यसपछि नेपाली सेनाका मेजरको नेतृत्वमा नलगाड र बारेकोट सुरक्षाकर्मी पठायौ । उज्यालो नहुँदै लगभग खोज र उद्धारको काम सकिसकेका थियौ ।
असोजको अन्तिममा विपद सम्बन्धि सुरक्षा निकायले एउटा सिमुलेशन(नमुना अभ्यास) गर्नु पर्ने थियो । त्यतिवेला बझाङ्गमा भुकम्प गएको थियो । विज्ञहरुले पनि पश्चिम नेपालमा भुकम्पको जोखिम औल्याईरहेका थिए । हामीले भुकम्पकै सिमुलेशन गर्ने निर्णय गर्यौ । जिम्मेवारी बाँडफाँट गर्यौ । भुकम्प गयो भने कसले के गर्ने ? कसरी गर्ने योजना पनि बनाएका थियौ । त्यो योजनाले धेरै काम गर्यो ।

३) घाईतेहरुको उपचारको प्रवन्ध कसरी मिलाउनु भयो ?
अस्पतालमा कार्यरत चिकित्सकहरुलाई फोन गरेर हाईअलर्टमा रहन आग्रह गरे । वेड नपुगे भँुईमै भएपनि उपचार थाल्न अनुरोध गरे । ८ जना सिरियस विरामी थिए । राती नै नाईटभिजन हेलिकोप्टर मगाएर पठाउने प्रयास गरे सफल भएन । उनीहरुलाई गाडीबाटै पठाए । उज्यालो भएपछि सम्माननीय प्रधानमन्त्री ज्यु आउनु भयो । सवै व्रिफिङ्ग गरे । उहाँ आएकै हेलिकोप्टरमा नलगाड पुगेर घाइते लिएर रुकुम पश्चिमका चौरजहारीमा बसेर स्काई भेनबाट ३२ जना घाईतेलाई नेपालगञ्ज, सुर्खेत र काठ्मान्डौ पठायौ । ८७ जनाको जिल्लाकै विभिन्न स्वास्थ्य संस्थामा उपचार गर्यौ ।

४) राहत वितरण तथा ब्यवस्थापन कसरी गर्नुभयो ?
घाईतेहरुको उपचारको ब्यवस्था मिलाईसकेपछि विपद ब्यवस्थापन समितिको बैठक बसाले । विवाद नआउने गरी एकद्धार प्रणालीबाट राहत संकलन गर्ने र स्थानिय पालिका हुँदै सम्बन्धित वडाले वडाध्यक्ष, प्रहरी, रेडक्रस, राजनैतिक दलका प्रतिनिधिको रोहवर राहत बाँड्ने संयन्त्र बनायौ । जसका कारण पनि हामीलाई सजिलो भयो ।

५) एकद्धार प्रणालीका कारण राहत वितरणमा ढिलाई भयो कतिपय पिडितले अझै राहत पाउनन् भन्ने गुनासो पनि आएको छ नि ?
गुनासो हामी काँहा पनि आएको छ । ठुलो क्षति थियो । नागरिकहरु सवै सडकमा थिए । शुरुमा राहत सिमित थियो । जसले गर्दा बढी आवश्यक कहाँ हो त्यहाँ पठायौ । राहत थपिदै गएपछि सवै ठाँउ पठायौ । एक सरो त्रिपाल र कम्मल सवै ठाँउ पुगेको छ । अझै कहीकतै नपुगेको भए अहिले पनि पठाउने ब्यवस्था मिलाउँछौ । पालिका सँग समन्वय गरेर हामीले सवैको घरमा एकसरो राहत पुरयाउने गरेका छौ तर पर्याप्त छ भन्ने लाग्दैन । त्रिपाल केही समयको ब्यवस्थापन मात्र हो ।

६) त्रिपालको चिसोले मानिसहरु मरिहेका छन ? यसको रोकथाम कसरी गर्ने ?
मौसम चिसो छ जसले गर्दा केही कठिनाई छ । धेरै मानिसहरु त्रिपालमा बसिरहेका छन् । केही स्वास्थ्य समस्या सिर्जना भएका छन् । बालबालिका, सुत्केरी, बृद्धबृद्धा र दिर्घरोगी अलि बढी समस्यामा हुन सक्छन भनेर उनीहरुलाई प्राथमिकतामा राखेर न्यानो कपडा, टेन्ट वितरण गर्न पालिकाहरुलाई आग्रह गरेका छौ । ब्यवस्थापनको कार्य भैरहेको छ । पछिल्लो समय मृत्यु भएकाहरु चिसोले मात्र होइन कतिपय कालगतीले नै मरेका छन् । कतिपय दिर्घरोगी र उमेर पुगेकाहरु छन् । चिकित्सकले सर्टिफाई नगर्दा सम्म हामी कसरी भन्न सक्छौ चिसोले मरेको भनेर ।

भुकम्पले भत्किएको आफु बस्ने कोठा नियाल्दै प्रजिअ सुरेश सुनार

७) त्रिपालबाट अस्थायी आवासमा कहिले सार्ने योजना छ ?
नेपाल सरकारले अस्थायी आवासका लागि प्रति परिवार ५० हजार दिने निर्णय गरिसकेको छ । कार्यविधि पनि जारी गरिसकेको छ । क्षतिको विस्तृत विवरण आउँदै छ । मंसिर ७ गते भित्र क्षतिको विवरण मागेका छौ । त्यसपछि मंसिर १० गते सम्म पालिकाको खातामा विवरण अनुसारको पहिलो किस्ता बापत २५ हजारका दरले रकम निकासा गरिदिन्छौ । र मंसिर भित्र सवै अस्थायी आवास बनाईसक्ने योजना छ ।

८) मृतक परिवारले अहिले सम्म नगद राहत पाउन सकेका छैनन् कहिले सम्म पाउँछन् ?
सम्बन्धित पालिकालाई मृतकका हकदारको खाता मागेका छौ । उहाँहरु राहत ब्यवस्थापन र सुचना संकलनमै ब्यस्त हुनु भयो । पिडित परिवार पनि काजकिरियामै ब्यस्त भएकोले ढिलाई भएको हो । खाता नम्बर आउने वित्तिकै संभवतः सोमवार सम्म प्रतिमृतक दुई लाख र एकै घरका एक भन्दा बढी मृतक भए थप एक लाखका दरले रकम प्रदान गरिनेछ ।

९) क्षतिको विस्तृत विवरण नआएपनि मोटामोटी विवरण के छ ?
करीब ३० हजार बढी घर बस्न नमिल्ने गरि चर्किएका र भत्किएका छन् । जिल्ला प्रशासन सहित १४ सरकारी कार्यालय पुर्ण रुपमा र ३ आँशिक रुपमा क्षति भएको छ । दुई सय ८९ विद्यालय भवन भत्किएका छन् । जाजरकोट दरबार, अन्य चार नाल दरबार, मन्दिरहरु लगायतका पुरातात्तिक महत्वका संरचना नष्ट भएका छन् पशुचौपाय, कृषि, आर्थिक सामाजिक सवै क्षेत्र प्रभावित छ । केही संचारमाध्याममा क्षति पुगेको छ । मानिसहरु काममा निस्कन पाएका छैनन । सामान्य अवस्थामा आउन केही समय लाग्ला ।

१०) जिल्ला प्रशासन कार्यालय लगायत १४ कार्यालय भत्किएपछि सेवा प्रवाह कसरी गर्ने तयारी छ ?
नापी र मालपोत कार्यालयलाई अन्य कार्यालयमा केही समयका लागी सारेका छौ । अदालतलाई सरकारी वकिलको कार्यालयमा सारेका छौ भने जिल्ला प्रशासन लगायतका अन्य कार्यालय टेन्ट हालेर त्यहीबाट सेवा दिन थालिएको छ । केही समय सेवा प्रभावित भयो । अव सोमवार देखि सवै कार्यालयका कामकाज टेन्टबाटै भएपनि सुचारु हुन्छन् । केही समय पछि अस्थायी भवनको ब्यवस्था गर्ने तयारी छ ।

११) भुकम्प प्रभावितलाई तत्कालको आवश्यकता के हो ?
त्रिपालमा बसेकालाई चिसोले असर गर्ने कुरा प्रति हामी सचेत छौ । केन्द्रबाट थप स्वास्थ्यकर्मी पठाईदिन आग्रह गरेका छौ । प्रत्येक पालिका सँग समन्वय गरेर कम्तिमा १० जना स्वास्थ्यकर्मीलाई घुम्ति शिविर मार्फत स्वास्थ्य सेवा दिने योजना बनाएका छौ । त्यसको लागि आवश्यक औषधी र जनशक्ति बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । हामीले माग गरेका छौ । त्यसका साथै अस्थायी संरचना बनाएर सुरक्षित र न्यानो घरमा बसाल्ने, क्षति भएका विद्यालयमा सिकाई केन्द्र बनाएर पठनपाठन थाल्ने योजना बनाएका छौ ।

१२) भुकम्प प्रभावित क्षेत्रमा खाद्य संकट पर्ने अवस्था आएको हो ?
खाद्यान्नको समस्या तत्काल होइन । जसको घर भत्किएर घर पुरिएको छ । त्यस्तो परिवारलाई मात्र समस्या हो तर भविश्यमा खाद्य संकट पर्न सक्ने जोखिम आँकलन गरेका छौ । किनभने आयआर्जन रोकिएको छ । मानिसहरु काममा फर्कन पाएका छैनन । तीन, चार महिना पछि खाद्य संकट हुन सक्छ ।

१३) विपद ब्यवस्थापनको नेतृत्वकर्ताको हिसावले सरोकारवाला निकायबाट सहयोग कस्तो पाउनुभयो ?
जिल्ला विपद ब्यवस्थापनको अध्यक्ष नै प्रजिअ हुने भएकोले अगुवाई गर्नै परयो । सहयोग राम्रो जुटेको हो । खोज तथा उद्धार कार्य एकदमै छिटो गरयौ । स्थानिय तह भएर काम गर्न सजिलो भयो । राजनैतिक दल, सुरक्षाकर्मी, संघ सरकार, प्रदेश सरकार, स्थानिय सरकार, रेडक्रस लगायतका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघ संस्था, जनप्रतिनिधी, सञ्चारकर्मी सवैको सहयोग अतुलनिय रह्यौ । सहयोगी सवैलाई धन्यवाद छ । अझै सहयोग र सहकार्यको खाँचो छ । पुर्ननिर्माण गरि स्थायी संरचना बनाउनु पर्ने छ । अस्थायी आवासको काम सकिएपछि स्थायी संरचनाको काममा प्रवेश गछौ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad